back
CTIZAN AD

राप्रपामा फेरि खैलाबैला

वि.सं.२०७७ भदौ ३० मंगलवार

879 

shares

३० भदौ, काठमाडौँ । केही महिनाअघि मात्र अब विभाजन नहुने भन्दै गीता छोएर कसम खाएर एक भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा फेरि खैलाबेला सुरु भएको छ ।

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताका क्रममा पार्टी एकताबारे दिएको अभिव्यक्तिलाई लिएर अर्का अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।

अध्यक्ष डा लोहनीले पार्टी एकताबारे एकपक्षीय रुपमा दिएको अभिव्यक्तिले भ्रम सिर्जना गर्ने प्रयास भएको र त्यो पार्टी एकताको भावना विपरित भएको भन्दै अध्यक्ष थापाले टिव्टरमा लेखेका छन् ।

उनले अध्यक्ष डा लोहनीको अभिव्यक्ति एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित भएको बताएका छन् ।

लोहनीले अन्तर्वार्ताका क्रममा पार्टी एकता प्रक्रिया र निर्वाचन आयोगमा दर्ता गर्ने विषयमा बोलेका कुरालाई लिएर अध्यक्ष थापाले आपत्ति जनाएको बुझिन्छ ।

स्मरण रहोस् राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्त बीच गत फागुन २४ गते एकीकरण सभा गरेर पार्टी एक भएको घोषणा गरिएको थियो । ३ अध्यक्ष रहने गरी घोषणा गरीएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर अध्यक्ष रहेका छन् । हिन्दु राष्ट्र बनाउने नीतिअनुसार दुई राप्रपा मिलेका हुन्। राप्रपा निर्वाचन आयोगमा दल दर्ताका क्रममा रहेको छ ।

वि.सं.२०७७ भदौ ३० मंगलवार ०९:३० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...