
मेरो चासोको बिषय, पतञ्जलीले मिसावटयुक्त सामान बेचेर नेपालीको स्वास्थ्यमाथि पनि खेलवाड नगरोस् भन्ने मात्रै हो। यदि भारतमा त उसले मिसावटयुक्त सामान बेच्न सक्छ भने बीरगञ्जमा उत्पादन गरेको सामानमाथि निगरानी कसले राख्नेरु उसो भन्न त नहुने हो, तर नधकाई र नडराई बन्नुपर्दा, उपरोक्त कम्पनीमा गुणस्तर जाँच्न जाने कर्मचारीहरुले,’बरु मलाई यति रुपैयाँ दिनुस्, गुणस्तरहीन सामान बेच्न नडराउनुस्’ भने भनेपनि आश्चर्य मान्नु पर्दैन। किनकि, यहाँका कार्यालयहरुमा त्यति धेरै भ्रष्टाचार व्याप्त छ।
मैले पटक पटक रामदेव अर्थात, ‘पतञ्जली’को बारेमा सामाजिक सञ्जाल मार्फत कुरा उठाउँदै आएकी छु। त्यसै सन्दर्भमा, मैले एकपटक यतिसम्म लेखेकी थिएँ, जसको आशय थियो, ‘जसरी भारतमा ब्रिटिश राज आउनु अगाडि ईष्ट ईन्डीया कम्पनीले व्यापारको नाममा भारत पसेर भारतको आर्थिक अबस्थालाई जर्जर बनाएको थियोस त्यसै गरी, रामदेवको सामानले नेपाली बजारलाई बिस्थापित गरिसक्यो।’
मैले जे लेखे पनि, आफ्नो घरमा दैनिक उपभोग गर्ने कतिपय सामानहरु म आफैँ पनि पतञ्जलीकै चलाउँछु। कारण, ती सामानहरु नेपाली सामान भन्दा सस्ता छन् र ‘मिसावट युक्त छन्’ भन्ने भ्रम ममा पनि छ।
उदाहरणको लागि, मैले हरेक दिन उपभोग गर्ने मह, नेपाली उत्पादन, सबैभन्दा सस्तो पाएको, ५ सय ३५ रुपैँया किलो थियो भने, पतञ्जलीबाट बिक्री गरिने मह ४ सय २० रुपेँया किलोमा पाइन्छ। त्यसको मतलब, एक किलो महमा मैले पतञ्जलीको किन्यो भने, झन्डै १ सय १५ रुपैँया बचाउँछु भने, किन महँगो किनुँ ? त्यति मात्र होइन, नेपाली सामानहरुमा हुने मिलावटको अबस्था हेर्दा, नेपाली उत्पादन मह पनि अछुतो होला जस्तो लाग्दैन।
तर भर्खरै भारतको टाइम्स अफ ईन्डीयामा आएको समाचार अनुसार, पतञ्जलि आयूर्वेद औषधालयले अन्य कम्पनीको उत्पादनमा आफ्नो लेवल लगाएर विक्री गरेको भेटिएको छ । उनले खाद्य सुरक्षा तथा गुणस्तर ऐन २००६ को दफा ५२ र ५३को भावना विपरित अरुको उत्पादनमा आफ्नो लेवल लगाएको पुष्टि भएको भेटिएपछि पतञ्जलिलाई कारबाहीको फैसला गरिएको छ।
हैदरावादको अतिरिक्त जिल्ला न्यायाधीस ललित नारायन मिश्रले पतञ्जलिलाई ११ लाखको जरिवाना तोक्दै भविष्यमा यस्ता प्रवृत्ति दाहोर्याए यस विषयमा कम्पनीमा थप अध्ययन गरेर दोषी भेटिए कारबाही गर्न निर्देशन पनि दिएको रहेछ ।
पतञ्जलिका उत्पादनहरु विरुद्ध मुद्दा परेपछि २०१२ अगष्टमा पतञ्जलिको भनिएको उत्पादनमा अदालतले खाद्य सुरक्षा विभागलाई परीक्षण गर्न भनेको थियो । त्यतिबेला पनि पतञ्जलि दोषी भेटिएको थियो । तरपनि, हामी के भ्रमबाट मुक्त हुन सकेका छैनौँ भने, पतञ्जलीका उत्पादनहरु अन्य कम्पनीहरुको उत्पादनको तुलनामा राम्रो र सस्तो हुन्छ।
नेपालमा राष्ट्रवादको कुरा चर्को रुपमा उठिरहेकै हुन्छस तर, ‘राष्ट्रवाद’ भनेको केवल ‘राजनैतिक वा पार्टिका कुरा गर्नु मात्रै होइन’ भनेर कतिले बुझेका छन्र यसरी नेपालको घर घरायसी सामानमा एकछत्त राज जमाएर नेपाली अर्थव्यबस्थालाई जर्जर बनाउनु ‘अराष्ट्रवाद’ हो कि होइन ?
तर यो कुरामा ध्यान दिनुको सट्टा पतञ्जलीको कार्यक्रम उद्घाटन गर्न २०७३ साल मँसिर १२ गते राष्ट्रप्रमुख नै सरकारी खर्चमा बीरगञ्ज पुगेको कुरा पनि कम विवादास्पद थिएन। खैर, अहिलेलाई त्यो मेरो लेखको बिषय होइन।
मेरो चासोको बिषय, पतञ्जलीले मिसावटयुक्त सामान बेचेर नेपालीको स्वास्थ्यमाथि पनि खेलवाड नगरोस् भन्ने मात्रै हो। यदि भारतमा त उसले मिसावटयुक्त सामान बेच्न सक्छ भने बीरगञ्जमा उत्पादन गरेको सामानमाथि निगरानी कसले राख्नेरु उसो भन्न त नहुने हो, तर नधकाई र नडराई बन्नुपर्दा, उपरोक्त कम्पनीमा गुणस्तर जाँच्न जाने कर्मचारीहरुले,’बरु मलाई यति रुपैयाँ दिनुस्, गुणस्तरहीन सामान बेच्न नडराउनुस्’ भने भनेपनि आश्चर्य मान्नु पर्दैन। किनकि, यहाँका कार्यालयहरुमा त्यति धेरै भ्रष्टाचार व्याप्त छ।
उसो त, पतञ्जलीका उत्पादनहरु उच्च गुणस्तरको कारणले भन्दा पनि दुई दशक भन्दा बढि समयमा रामदेवको योगसँग प्रभावित समूदायले गर्दा बढ्दै गएको हो भनेर बारम्वार चर्चा हुने गरेकै छ। गएको अगष्ट महिनामा ‘औरा’ को साइटमा भारतकै चन्डिगढ निवासी मोहित बँशलको नामबाट एउटा लेख छापिएको थियो, त्यसमा उनले पतञ्जलीका उत्पादनहरु किन यति लोकप्रिय छन्रु भन्ने बारेमा एउटा बिश्लेषण गरेका छन्। उनको बिचारमा ती उत्पादनहरुको त्यति धेरै सफल हुनुमा ५ बिशेष कारणहरु छन्, जुन एक-अर्कासँग जोडिएका छन्।
त्यसमध्ये पहिलो कारण, पतञ्जलीले सर्वसाधारणले हरेकदिन सजिलै उपभोग गर्ने र नयाँ स्वाद वा अरु कुराबारे परिक्षण गरिरहनु नपर्ने सामानहरु जस्तो, बिस्कुट, सिरियलहहरु उत्पादन गरेको छ। अझ कतिपयको त नाम समेत अरु उपभोग भइरहेका सामानहरु जस्तै राखियो। जसले गर्दा उपभोक्ताहरुलाई उनीहरुको सामानमा बानी पार्न कुनै समय नै लागेन। दोश्रो, मार्केटिङ्ग स्टार्टेजी यसरी प्रयोग गरियो कि, बजारमा भइरहेको सामान जस्तै सामान उत्पादन गरेर, ‘हाम्रो उत्पादनमा, अरुको उत्पादनको जस्तो केमिकलहरु मिसिएको छैन र यो उत्पादनमा खर्च गरिएको पैसा बारतमै रहन्छ’ भनियोस यसले स्थानीय उपभोक्ताहरुको मनोबिज्ञानलाई प्रभावित गर्यो र उनीहरु त्यस सामान प्रति आशक्त भए। त्यसरी उत्पादन गरिएका हरेक सामानहरुमा ‘पतञ्जलीको उत्पादन’ भनेर लेखियो। तेश्रोमा, जुनबेला पतञ्जलीले आफ्ना सामानहरुमा केमिकल नमिलाएको बिज्ञापनका साथ बजारमा प्रवेश गर्यो, त्यतिबेला आम मानिसहरु आफ्ना उपभोगका सामानहरुमा केमिकल रहित सामानको खोजीमा थिए, त्यो भावनालाई पतञ्जलीले ‘क्यास’ गर्न सक्यो। चौथोको बारेमा त माथि उल्लेख गरिसकेँ, त्यो भनेको रामदेवप्रति वफादार समूहले यसलाई सर्वसाधारणमा पुर्याउन परोक्ष रुपमा मद्दत गरे।
पाँचौँमा, आफ्ना उत्पादनको गुणस्तरप्रति पतञ्जली सतर्क रह्योस सकेसम्म गुणस्तर खस्कन दिएन। जबकि, अन्य ब्र्यान्डका सामानहहरुले आफ्नो गुणस्तरलाई त्यति ध्यान दिएनन्। त्यसको प्रतिफल, हामीजस्ता व्यक्तिहरु पनि पतञ्जलीको उत्पादनप्रति आकृष्ट भयौँ।
पतञ्जलीको उत्पादनहरुमा हुने भनिएको आयुर्वेदिक वस्तुहरुको मात्रा, जुन ती वस्तुहरुको प्याकिङ्गमा लेखिएको हुन्छ, त्यो त खासै त्यति ठूलो हुँदै होइन। तर पनि, पतञ्जलीले भारतीय मात्रै होइन, नेपाली बजार पिटिरहेछ। यो देख्दा दुस्ख त लाग्छ तर सस्तो र (आँखाले नदेखे पनि) शरीरलाई खराब गर्ने कुरा नमिसिएको भन्ने विश्वासले उपभोग नगर्न पनि सकिन्न। त्यसैले ‘राजनैतिक गफ’ गरेर या ‘पार्टिहरुलाई गाली गरेर’ मात्रै ‘खाँटी राष्ट्रवादी’ हुन खोज्नेहरुले नेपाली अर्थव्यबस्थालाई धराशायी हुनबाट रोक्न केही कदम चाले हुने !
साँघु साप्ताहिकबाट लिइएको ।
वि.सं.२०७३ पुस २० बुधवार ०८:०६ मा प्रकाशित