back
CTIZAN AD

सूचना प्रविधि बजार

वि.सं.२०७३ पुस २० बुधवार

882 

shares

lavaa3

लाभाले भित्रायो स्मार्ट एथ्री

पछिल्लोपटक मोबाईल उद्योगमा नयाँ फोनको उत्पादनमा तिब्र प्रस्पिर्धा चलेसँगै लाभाले आफ्नो एथ्री स्मार्ट भित्राएको छ । नयाँ टेक्नोलोजिमा आधारीत भएर तयार परीएको यो मोबाईल पछिल्लो युबा पुस्तामा निकै लोकप्रिय हुने आयतकर्ताको भनाई रहेको छ । यो फोनमा ५.५ ईन्च एच.डि आइ.पि.एस. डिस्प्ले सहित मेटालिक युनिबडी रहेको छ । १३ मेगापिक्सेलको रेयर क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यमरा रहेको यो मोबाईलमा दुबैतर्फ लेड फ्ल्यास रहेको छ ।
२.५ डीकोे कर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको यो मोबाईलमा सोनिको सेन्सर प्रयोग गरिएको छ । २.३ गिगा हर्जको अक्टा कोर प्रोसेसर, ३ जिबिको र्याम ३२ जिबिको रुम रहेको यो मोबाईलमा ६४ जिबि सम्मको एसडी कार्डको प्रयोग गरी अतिरीक्त संचय क्षमताको बृद्धि गर्न सकिन्छ । तिब्र फिंगर प्रिन्ट सेन्सर (०.१६सेकेन्ड) रहेको यो मोबाइलमा ३०२० एमएएचको लिपोलिमर ब्याट्रीको प्रयोग गरीएको छ ।
एसडी हाइब्रिड सिस्टमको प्रयोग गरी तयार गरीएको यो मोबाईलमा २ वटा सिमकार्ड लाग्दछ भने ४ जी नेटवर्क सपोर्ट गर्दछ । नेपाली बजारमा यो फोनको मूल्य रु.२४९९९ रहेको छ । औपचारीक रुपम लन्च नरीदा पनि यो फोनले चाँडै नै प्रयोगकर्ताहरुको मन जित्न सफल रहेको आयतकर्ता कम्पनीका प्रमोटर शंकर अर्यालले जानकारी दिए । अहिले ए २ मोबाईल फोन खरिद कर्तालाई निशुल्क रुपमा एक गिफ्ट प्याकेज उपलब्ध गराई रहेको फोनको आयतकर्ताले बताएका छन ।

एप्पलको नया“ योजना

apple

एप्पलले आफ्नो म्यापलाई सुधार गर्नका लागि ड्रोन क्यामरा प्रयोग गर्ने भएको छ । फेडरल एमिएसन एड्मिनिस्ट्रेसन ९ँब्ब्०ले अनुमति दिएसँगै एप्पलका लागि यसको बाटो खुलेको हो । एप्पलले क्यालिफोर्नियाको क्युपाटिनो भन्ने कम्पनिसँगको सहकार्यमा यो काम गर्न लागेको हो । क्युपाटिनो कम्पनिले रोबर्ट र ड्रोनको विकास गर्नेछ । यस ड्रोनको प्रयोग गरेर सडकका चिन्ह, निर्माण कार्य भैरहेका सडकको निगरानि गर्ने र ती संकलित डाटालाई एप्पलको सर्बरमा पठाइने छ । जसबाट प्रयोगकर्ताले हरेक सेकेण्डको ताजा सूचना प्रदान गर्ने गरीन्छ । एप्पलले आफ्नो म्यापमा थप फिचरका रुपमा कुनै भवनको भित्रको दृष्य पनि समावेश गर्ने बताइएको छ । यसले एप्पल र गुगल बिचको एप्सको प्रतिस्पर्धा बढ्न सक्ने अनुमान गरिएको छ ।
नया“ चाईनिज मोबाईल नेपाली बजारमा

leagoo
चाईनिज मोबाईल ब्राण्ड लिएगोले जेड सिरिजका बजेट मैत्रि स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । लेगोको जेड सिरिजका बजेट मैत्रि स्मार्टफोनले त्यस्ता ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । जेड सिरिज मध्ये जेड वानको ४ इन्च डिस्प्ले रहेको छ भने १ दशमलब २ गिगा हर्जको क्वडकोर प्रोसेसर ५१२ एमबिको ¥याम ८ जिबिको ईन्टरनल स्टोरेज, ३ मेगा पिक्सेलको रियर तथा २ मेगा पिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध छ । १४०० एमएएचको ब्याट्रि ३ जी को नेटवर्क सपोर्ट गर्ने उक्त फोनको मूल्य नेपाली बजारमा ५ हजार ७ सय तोकिएको छ ।
जेड ३ मा ४.५ इन्च डिस्प्ले ५१२ एमबि ¥याम, १ दशमलब ३ गिगा हर्जको क्वाडकोर प्रोसेसर सँगै काम गर्दछ । ८ जिबिको ईन्टरनल स्टोरेज भएको यो मोबाईलमा माइक्रो एसडि कार्डको प्रयोग गरेर ३२ जिबि सम्म मेमोरी थप गर्न सकिन्छ । जेड ३ मा रियर र फ्रन्ट दुबै तर्फ २ मेगा पिक्सेलको क्यामरा जडान भएको फोन हो । ३ जि नेटवर्क सपोर्ट गर्ने र १८०० एमएएचको ब्यट्रि प्रयोग गरिएको यो फोनको मूल्य नेपाली बजारमा ६ हजार १ सय ५० ताकिएको छ ।
जेड ५ मा ३ जी र ४ जी गरि २ संस्करणमा बजारमा ल्याईएको यो मोबाईलको डिस्प्ले ५ इन्च डिस्प्ले, १ जीबी ¥याम, ८ जीबीको ईन्टरनल स्टोरेज भएको यो मोबाइलमा माइक्रो एसडि कार्डको प्रयोग गरी ३२ जीबि सम्म थप गर्न सकिन्छ । १ दशमलब ३ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको जेड ५ मा २३०० एमएएच को ब्याट्रिर २ मेगापिक्सेलको फ्रन्ट क्यामरा र ५ मेगापिक्सेलको रियर क्यामरा जेड ५ मोबाइलको ३ जी संस्करण को मूल्य नेपाली बजारमा ७ हजार १ सय ९९ र ४ जी संस्करणको मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ कायम गरीएको छ ।
माइक्रो म्याक्स

yu-yunicorn-features
माईक्रो म्याक्स मोबाइलको आधिकारीक बिक्रेता पशुपति ट्रेड लिंकले ४ जीबि ¥याम भएको यू यूनिकन मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । ५ दशमलब ५ इन्चको आइपीएस ५ एलसिडी प्रयोग गरिएको यस स्मार्टफोनमा होलियो पि १० प्रोसेसर रहेको छ । ४ जिबि ¥याम रहेको यस मोडेलमा ३२ जीबि इन्टरनल स्टोरेज क्षमता रहेको छ । यसलाई माइक्रो एसडी कार्डको प्रयोग गरी २५६ जिबि सम्म थप गर्न सकिन्छ । १३ मेगा पिक्सेलको रियर क्यामरा र ५ मेगा पिक्सेलको सेल्फि क्यामरा पनि रहेको छ । यो फोनमा ४ हजार एमएएचको शक्तिसाली प्रोसेसर रहेको छ । नेपाली बजारमा यो फोनको मूल्य २४ हजार देखि २६ हजार रुपैयाँ सम्म तोकिएको छ ।
ओप्पो डिएस प्रा.लि

oppo1
उत्कृष्ट सेल्फि क्यामरा तथा अत्याधुनिक प्रविधिद्वारा सुसज्जित फोनको रुपमा बिशेष रुपले परिचित ओप्पो डिएस प्रालिले आफ्नो स्मार्ट फोन मोडेल ए ३७ को नयाँ मूल्य तोकेको छ । ५ इन्च आइपिएस डिस्प्ले सहितको ओप्पो ए ३७ को मूल्य २२ सय रुपैयाँको कटौति गर्दै २० हजार ४ सय ९० रुपैयाँ ताकेको हो । ५ मेगा पिक्सेलको फ्रन्ट फिसिङ क्यामरा र अटो फोकस सुविधा सहितको ८ मेगा पिक्सेलको रियर क्यामरा उपलब्ध छ । फोनमा कम्पनिले २ जिबी ¥याम र १६ जिबि ¥यामको व्यवस्था गरेको छ । आबश्यकता परेको खण्डमा उपभोक्ताले एचडि कार्डको माध्यमबाट १२८ जिबिसम्म संचय क्षमता बढाउन सकिने व्यवस्था गरिएको छ । एन्ड्रोईडमा आधारीत ० एस ३ दशमलव ० सहितको फोनमा कम्पनीले २६३० एमएएच क्षमताको ब्याट्रि जडान गरेको छ । मेटालिक यूनिबडी सहित आकर्षक डिजाईनमा उपलब्ध यो फोन युबा पुस्तामाझ अहिले ब्यापक लोकप्रिय रहेको छ ।
नोकियाको पुनरागमन हुने

nokia-d1c
कुनै समय मोबाईल उद्योगमा प्रभुत्व जमाएको नोकिया ब्राण्ड बजारमा पुनरागमन गर्ने तयारीमा रहेको छ । यहि अंग्रेजी बर्ष नोकियाले डिएलसि नामको आफ्नो पहिलो स्मार्टफोन लन्च गर्ने बताईएको छ । सन् २०१७ को सुरुमै नोकिया ब्राण्डका एन्ड्रोइड फोन बजारमा ल्याउने र फिचर फोन पनि बजारमा ल्याउने उसको योजना छ । नोकियाले यो स्र्माट फोनका दुई भर्सन एकसाथ ल्याउने छ । डिवानसि एन्ड्रोईडका २ मोडेल आउने बताइएको छ । डिस्प्ले साईज, ¥याम तथा क्यामरा दुबैमा फरक रहने छन । सानो मोडलको फोनमा ५ इन्चको डिस्प्ले २ जिबि ¥याम तथा १३ मेगा पिक्सेलको रियर क्यामरा हुनेछ भने ठूलो भर्सनमा ५ दशमलब ५ इन्च डिस्प्ले तथा १६ मेगापिक्सेलको रियर क्यामरा हुने छन् । रिपोर्ट अनुसार नोकिया डिवानसिमा १.४ स्न्याप ड्रागन ४३० प्रोसेसरका साथै एड्रिनो ५०५ जिपिओ हुनेछ । यसमा एन्ड्रोइडको पछिल्लो ७ नोबट अप्रेटिङ सिस्टम रहने छ । एचएमडी ग्लोबल कम्पनीले ग्लोबल ब्राण्डको रुपमा नोकिया ब्राण्डलाई पुनः लन्च गर्ने जनाइएको हो ।

वि.सं.२०७३ पुस २० बुधवार ०८:५८ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...