back
CTIZAN AD

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलसहित तीन अधिकृत पुरस्कृत

वि.सं.२०७७ भदौ ३० मंगलवार

909 

shares

३० भदौ, काठमाडौँ । नेपाली सेनाका प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौडेल सहित तीनजना सैनिक अधिकृत पुरस्कृत भएका छन् ।

सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा ‘सिपाही बार्षिक–०७६’ र ‘दि शिवपुरी’ जर्नलमा प्रकाशित उत्कृष्ट लेख रचना गरेबापत उनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका हुन् ।

‘सिपाही’ र ‘शिवपुरी’ जर्नलमा प्रकाशित लेख रचना मध्ये सहायक रथी पौडेल प्रथम भएका छन् भने प्रमुख सेनानी अनिल कुमार बुढाथोकी द्धितिय र प्रमुख सेनानी सुधिर प्रताप सिंह तृतिय भएका थिए ।

प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश : ५० हजार र कदरपत्र, ३५ हजार र २५ हजार सहित कदरपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद रु.१०,०००।– र कदर पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा लेख रचनाहरुको मुल्याङ्कन गर्ने गैर सैनिक विज्ञ तथा सैनिक व्यक्तिहरुलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

रणनैतिक र सैनिक महत्वका विषयहरुमा लेख रचना लेख्न प्रेरित गर्दै प्रत्येक वर्ष प्रकाशन गरिने यी जर्नलहरुले अधिकृतहरुको बौद्धिक विकासका साथै नेपाली सेनाको संस्थागत विकासमा समेत योगदान पुर्याउँदै आएको छ । उल्लेखित लेख रचनाको मुल्याङ्कनका लागि विज्ञहरु सम्मिलित मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लेखहरुको छनौट गर्ने गरिन्छ ।

सिमित व्यक्तिहरुको उपस्थितिमा कोभिड- १९ सम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्डहरु अवलम्वन गरी समापन गरीएको उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा र नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेजका कमान्डान्ट उपरथी बालकृष्ण कार्की लगायत प्राध्यापक तथा नेपाली सेनाका सिमित अधिकृतहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १६:४३ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...