back
CTIZAN AD

अन्तर्राष्ट्रिय नेतृत्वदायी सम्मेलनद्वारा एशिया प्याशिफिक यूनियन स्थापनामा जोड

वि.सं.२०७७ भदौ ३० मंगलवार

825 

shares

३० भदौ, काठमाण्डौ । एशिया प्याशिफिक यूनियन स्थापनामा जोड दिदै तीन दिने अन्तराष्ट्रिय नेतृत्व सम्मेलन सकिएको छ ।

यहि भाद्र २६ देखी २८ सम्म सम्म भर्चुयल सम्मेलनलाई एशिया प्रशान्त क्षेत्रका ८१ वटा देशहरूबाट १० हजार भन्दा बढी प्रत्यक्ष रुपमा सहभागिता जनाएका थिए । ‘विश्वव्यापी संकटको समयको आशा र अवसरः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी साझा मूल्यमान्यता’ बिषयमा भएको छलफलमा राष्ट्रप्रमुखहरू, सांसदहरू, अन्तरधार्मिक नेतृत्वहरू, महिला नेतृत्वहरू, आमसंचार, शिक्षाविद्हरू, व्यवसायीक नेतृत्वकर्ताहरू, र युवा तथा विद्यार्थी नेतृत्वहरूको सत्र गरी सम्मेलनलाई आठ क्षेत्रहरुमा विभाजित गरि छलफल गरिएको थियो ।

बिश्वब्यापी महामराीको रुपमा रहेको कोभिड १९ प्राण घातक र विश्व विनाशकारी सिद्ध भइसकेको छ, तथापी भ्रम र अराजकताको अन्धकारका बीचमा पनि विश्वको चारै तिर झेलिएको आशाको दीयो देखिएको छ । अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा सहभागि बत्ताहरुले यो भ्रमपूर्ण अवस्था र अन्धकारका बिचमा भोलिको उज्यालोको झलक पाए र संकट अवसरमा परिणत हुँदै गरेको र निराशा आशामा रुपान्तरित हुँदै गरेको बताएका थिए ।

सम्मेलनको आयोजना राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले प्रायोजन गरेको थियो । सम्मेलनको प्रभाव संसारको हरेक कुनामा महसुस गरिएको थियो । सम्मेलन अमेरिका, यूरोप अफ्रिका र मध्यपूर्व तथा एशिया प्रशान्त क्षेत्र गरी तीन अध्यायहरूमा समानान्तर रुपमा संचालन गरिएको थियो ।

नेपालका लागि भारतीय पूर्व राजदूत के भी राजनले सम्मेलनका बारे टिप्पणी गर्दै भने ‘साँच्चिकै रमाईलो र उत्थानदायी अनुभव’ भने । उनले यो पनि थपेका थिए ‘सम्भवतः यूपीएफ आफ्नै इच्छा, दृष्टिकोण भएको एउटै यस्तो गैरसरकारी संस्था हो जसले सरकार र संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय निकायलाई विश्वभरिका मानव गतिविधिहरूका व्यापक वर्णपटमा आधारित भएर विविध चुनौतीहरूको सामना गर्न सहयोग पु¥याउँन सक्ने साधन र संस्थागत आधार छ । सम्मेलनको उद्घाटन सत्र कि प्रमुख वक्ता तथा यूपीएफ कोरियाकि अध्यक्ष प्रा. योन् अह मुनले एशिया प्रशान्त युनियन स्थापनाको महत्वका बारेमा प्रकाश पारेकी थिइन् ।

स्मरण रहोस् यो सन् २०१९ को अक्टोबर महिनामा जापानको नागोयामा यूनिभर्सल पीस फेडेरेसनको स्थापना सन् २००५ सेप्टेम्बर १२ मा अमेरिकाको न्यूयोर्क स्थित प्रसिद्ध लिङ्कन सेन्टरमा आयोजित भव्य समारोहका बिच गरिएको थियो । स्वर्गीय डा. सन म्योङ्ग मुन तथा उनकी धर्मपत्नी डा। हाक जा हान मुनले विश्वशान्ति स्थापनाको कार्यलाई बढावा दिने संयुक्त राष्ट्रसंघीय कार्यलाई निजी क्षेत्रबाट सहयोग पुर्याउनका लागि यसको स्थापना गर्नुभएको थियो । यूनिभर्सल पीस फेडेरेसनको स्थापनाको १५ औं बार्षिक उत्सवको साथै संयुक्त राष्ट्रसंघको स्थापनाको ७५ औं बार्षिक उत्सवको उपलक्ष्यमा सो सम्मेलन गरिएको थियो ।

आयोजित जापान शिखर सम्मेलनमा युपीएफ कि सह संस्थापिका डा। हाक जा हान मुनद्वारा प्रस्तावित पहल थियो, जसलाई त्यसको एक महिनापछि सन् २०१९ को नोभेम्बर महिनामा कम्बोडियाको नोम्पेहमा आयोजित एशिया प्रशान्त सम्मेलनमा प्रधानमन्त्री हुन सेनले समर्थन गरेका थिए भने सन् २०२० अगष्ट ९ मा आयोजित र्याली अफ होम कार्यक्रममा लाखौंको विश्वव्यापी दर्शकहरूको अगाडि संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुनले अनुमोदन गरेका थिए ।
प्रा. डा मुनले उल्लेख गरेकि थिइन् आन्ध्र महासागरीय सभ्यता भनेको क्रिश्चियन जगको कारण फस्टाएको थियो र यो अरूबाट लिने र विजयी हुने संस्कृति बन्न पुग्यो, जसका कारण यसले सबै गुमायो, मुनले भनिन् ‘एशिया प्रशान्त सभ्यता बढी आध्यात्मिक र परोपकारी छ यो कम व्यक्तिवादी छु । प्रा. मुनले जोड दिइन् कि ‘एशिया प्रशान्त संघ सन्तानोचित धमर्परायणता, परिवार र विश्वास जस्ता एशिया प्रशान्त क्षेत्रको साझा सांस्कृतिक मूल्यमान्यतामा आधारित छ । ‘

यूनिभर्सल पीस फेडेरेसनको स्थापना सन् २००५ सेप्टेम्बर १२ मा अमेरिकाको न्यूयोर्क स्थित प्रसिद्ध लिङ्कन सेन्टरमा आयोजित भव्य समारोहका बिच गरिएको थियो । स्वर्गीय डा. सन म्योङ्ग मुन तथा उनकी धर्मपत्नी डा। हाक जा हान मुनले विश्वशान्ति स्थापनाको कार्यलाई बढावा दिने संयुक्त राष्ट्रसंघीय कार्यलाई निजी क्षेत्रबाट सहयोग पुर्याउनका लागि यसको स्थापना गरेका हुन्।

वि.सं.२०७७ भदौ ३० मंगलवार १६:५८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...