back
CTIZAN AD

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

वि.सं.२०७७ भदौ ३० मंगलवार

1K 

shares

३०, भदौ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा गिरावट देखिएसंगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ ।

अघिल्ला २ दिन बढेको सेयरबजार आज भने ४.४७ अंकले घटेर १५३६.०३ बिन्दुमा झरेको छ । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १.५९ अंकले बढेर ३०४.६५ बिन्दुमा झरेको छ ।

आजको बजारमा सूचिकृत कम्पनी मध्ये १९१ कम्पनीको करोबार हुँदा कारोबार रकम पनि उल्लेख्य घटेको छ । आज १ अर्ब ८० करोड १ लाख ९७ हजार ९०३ रुपैंयाँ बराबरको ५७ लाख २३ हजार ५६३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । तिनको कारोबारमा २८ हजार १४४ पटक लेनदेन भएको छ ।

आज होटल, जीवन बीमा र समुहिक लगानी कोष बाहेक ९ वटा कम्पनी उपसूचक समूहको परिसूचक ओरालोे लागेको छ । तिनीहरुमध्ये बिकास बैंक समूहको सूचक सबैभन्दा धेरै १४.५५ अंकले घटेको छ ब्यापार र उत्पादन मूलक समूहले उसलाई पछ्याईरहेका छन् ।

आजको बजारमा ४८ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन भने १०५ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । त्यस्तै १६ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन आएको छैन ।

सधैं झैं कारोबार रकमका आधारमा नेपाल पूनर्बीमा कम्पनी शिर्ष स्थानमा कायमै रह्यो । उसको आज ११ करोड २१ लाख ८२ हजार ८९७ रुपैंया बराबरको कारोबार गर्यो । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयरमूल्य ८८१ रहेको थियो । त्यस्तै कुमारी बैंक लिमिटेडको ६ करोड ५१ लाख ५ हजार ४५ रुपैंयाँ बराबरको करोबार भएको छ भने नेको ईन्स्योरेन्स लिमिटेडको ६ करोड ५० लाख ६४ हजार ३४ रुपैंयाँ बराबरको कारोबार भएको छ । नेपाल लाईफ ६ करोड ४२ लाख ५५ हजार ७१८रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार संख्याको आधारमा भने कुमारी बैंक लिमिटेड शिर्ष स्थानमा रह्यो । उसको ३ लाख ३४ हजार ६५४ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै सिटीजन म्युचुअल फण्ड १, नबिल ब्यालेन्स फण्ड २, तथा नेशनल हाईड्रो पावर कम्पनी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन ।

Market Summary
Total Turnover Rs: 2,119,939,558
Total Traded Shares 6,697,496
Total Transactions 32,328
Total Scrips Traded 193

Market Information
Index Current Points Change %Change
NEPSE 1,536.03 4.47 0.29  
Sensitive 304.65 1.59 0.52  
Float 106.14 0.28 0.26  
Sen. Float 100.05 0.45 0.45  
Sub-Indices Current Points Change %Change
Banking 1,225.89 3 0.24  
Trading 989.34 13.75 1.37  
Hotels 1,580.22 9.24 0.59  
Development Bank 1,769.83 14.55 0.82  
HydroPower 1,147.57 8.16 0.71  
Finance 683.04 2.5 0.36
Non Life Insurance 8,105.51 3.23 0.04
Manu.& Pro. 3,050.04 12.46 0.41  
Others 1,010.52 7.39 0.73
Microfinance 2,588.38 3.99 0.15
Life Insurance 9,757.93 17.33 0.18  
Mutual Fund 10.81 0.04 0.38

वि.सं.२०७७ भदौ ३० मंगलवार १६:५९ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...