back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ६७६ सहित १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६,७८८ पुग्यो

वि.सं.२०७७ भदौ ३० मंगलवार

795 

shares

३० भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६७६ जनासहित देशैभरी १४५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५५५ ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को ओखलढुंगा, खोाङ, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १÷१ जना, मोरङमा १११ र सुनसरीमा १७ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ६, पर्सामा १, बारामा ३, महोत्तरीमा ९, रौतहटमा २६, सप्तरीमा २४, सर्लाहीमा ४ र सिराहामा १६२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५५५, काभ्रेपलान्चोकमा ८, चितवनमा ३७, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा ८६, मकवानपुरमा ८७, रामेछापमा २, ललितपुरमा ३५ र सिन्धुपाल्चोकमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७, गोरखामा ५, तनहुँमा ९, नवलपरासीपुर्वमा २१, मनाङमा १, लमजुङमा ४ र स्याङजामा १४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ३, गुल्मीमा ३, दाङमा २६, नवलपरासीमा ३, पाल्पामा १६, बर्दियामा १, बाँकेमा २७ र रुपन्देहीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा २, सुर्खेतमा २३ र सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ८, कैलालीमा ११, डोटीमा ११, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा ८ जना संक्रमित थपिएसँगै आज देशैभरी १४५९ जना संक्रमित थपिएका छन् । जसमा महिला ४४६ जना र पुरुष १०१३ जना रहेका छन् ।

आज थपिएका १४५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

 

आज काठमाडौं उपत्यकाका ५१२ सहित ११७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५,३२९ पुग्यो

वि.सं.२०७७ भदौ ३० मंगलवार १७:०८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...