back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ५१२ सहित ११७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५,३२९ पुग्यो

वि.सं.२०७७ भदौ २९ सोमवार

849 

shares

२९ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ५१२ जनासहित देशैभरी ११७० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओलढुंगामा १९, झापामा ७, भोजपुरमा २, मोरङमा ३२ र सुनसरीमा ४६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ६, पर्सामा ९, बारामा १२, महोत्तरीमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिराहामा ३४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४४०, काभ्रेपलान्चोकमा १८, चितवनमा ३१, दोलखामा १, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ४३, मकवानपुरमा १४, रामेछापमा १, ललितपुरमा २९ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा १०, तनहुँमा १७, नवलपरासीपुर्वमा २, लमजुङमा ४, बागलुङमा २ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ६, अर्घाखाँचीमा १, गुल्मीमा २, दाङमा ४५, नवलपरासीमा ७, पाल्पामा ७, बाँकेमा २४, रुपन्देहीमा ८१ र रोल्पामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा २, कालिकोटमा १, दैलेखमा ७, सल्यानमा २ र सुर्खेतमा ३९ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ५, कन्चनपुरमा ३, कैलालीमा ७०, डडेल्धुरामा १, डोटीमा ८ र बझाङमा ३ जना संक्रमित थपिएसँगै आज देशैभरी ११७० जना संक्रमित थपिएका छन् । जसमा महिला ३९९ र पुरुष ७७१ जना रहेका छन् । आज थपिएका ११७० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ५९७ जनासहित १०३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

वि.सं.२०७७ भदौ २९ सोमवार १६:५२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...