back
CTIZAN AD

सेयर बजारमा झिनो अंकको बृद्धि, २४ कम्पनीकाे सूचकमा सकारात्मक सर्किट

वि.सं.२०७७ भदौ २९ सोमवार

1.2K 

shares

२९ भदौ, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकको बृद्धि देखिएको छ । बजारमा झिनो बृद्धि देखिएक पनि २४ कम्पनीको सूचकमा भने सकारात्मक सर्किट देखिएको छ ।

आजको बजारमा नेप्से ३.२६ अंकले बढेर १५४०.५१ बिन्दुमा पुगेको छ । उता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि २.२८ अंकले बढेर ३०६.३४ बिन्दुमा पुगेको छ ।

आजको बजारमा सूचिकृत कम्पनी मध्ये १९० कम्पनीको ३ अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ रुपैंयाँ बराबरको ८८ लाख ३४ हजार २१५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यो रकम अघिल्लो दनिको भन्दा कम हो भने सेयर संख्या अघिल्लो दिनकोभन्दा बढी हो । तिनको कारोबारमा ४५ हजार ४५३ पटक लेनदेन भएको छ । यो संख्या पनि अघिल्लो दिनको भन्दा बढी हो । आज कम मूल्य भएका साना कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएकाले सेयर कारोबार बढी भएको छ ।

आज ब्यापार, होटल, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य समुह, लघुबित्त र जीवन बीमा बाहेक ५ वटा कम्पनी उपसूचक समूहको परिसूचक उकालो लागेको छ । तिनीहरुमध्ये बिकास बैंक समूहको सूचक सबैभन्दा धेरै २०.९८ अंकले बढेको छ भने त्यसलाई पछ्याउँदै बैंकिङ समूहको सूचक १४.६८ अंकले बढेको छ ।

सूचक घटे पनि करोबार रकमका आधारमा नेपाल पूनर्बीमा कम्पनी शिर्ष स्थानमा कायमै रह्यो । उसको आज २० करोड ४३ लाख ८ हजार ६८६ रुपैंया बराबरको कारोबार भयो । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयरमूल्य ८८२ रहेको थियो । त्यस्तै नेपाल बैंक लिमिटेडको १२ करोड ४ लाख ४० हजार १६५ रुपैंयाँ बराबरको करोबार भएको छ भने नेपाल लाईफको १२ करोड ५१ लाख ६७ हजार ५६० रुपैंयाँ बराबरको कारोबार भएको छ । नेको ईन्स्योरेन्स लिमिटेडको ११ करोड ३४ लाख ६८ हजार २२७ रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ ।

साबिक कै समयमा कारोबार सुरु भएर बन्द हुँदा पनि आजको बजारमा ८५ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन भने ७४ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । त्यस्तै १० कम्पनीको सूचकमा कुनै पनि परिवर्तन आएको छैन ।

सूचक घटे पनि करोबार रकमका आधारमा नेपाल पूनर्बीमा कम्पनी शिर्ष स्थानमा कायमै रह्यो । उसको आज २० करोड ४३ लाख ८ हजार ६८६ रुपैंया बराबरको कारोबार भयो । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयरमूल्य ८८२ रहेको थियो । त्यस्तै नेपाल बैंक लिमिटेडको १२ करोड ४ लाख ४० हजार १६५ रुपैंयाँ बराबरको करोबार भएको छ भने नेपाल लाईफको १२ करोड ५१ लाख ६७ हजार ५६० रुपैंयाँ बराबरको कारोबार भएको छ । नेको ईन्स्योरेन्स लिमिटेडको ११ करोड ३४ लाख ६८ हजार २२७ रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार संख्याको आधारमा भने नेपाल बैंक लिमिटेड शिर्ष स्थानमा रह्यो । उसको ४ लाख १६ हजार २१० कित्ता सेयर किनबेच भएको छ । त्यस्तै अरुण काबेली हाईड्रो पावर, बैंक अफ काठमाण्डू, तथा एनसिसि बैंक क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन ।

आज अरुण भ्याली हाईड्रो पावर, नागरिक लघुबित्त, लगायतका साना २४ कम्पनीको सूचकमा सकारात्मक सर्किट लागेको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड र उसकै प्रमोटर सेयर भने सबैभन्दा बढी गुमाउनेमा परेका छन् ।

Market Summary
Total Turnover Rs: 3,210,479,132
Total Traded Shares 8,834,215
Total Transactions 45,453
Total Scrips Traded 190

Market Information
Index Current Points Change %Change
NEPSE 1,540.51 3.26 0.21
Sensitive 306.24 2.28 0.75
Float 106.41 0.45 0.43
Sen. Float 100.50 0.82 0.83
Sub-Indices Current Points Change %Change
Banking 1,228.89 14.68 1.21
Trading 1,003.09 1.06 0.11
Hotels 1,570.98 17.45 1.1
Development Bank 1,784.39 20.98 1.19
HydroPower 1,155.73 12.2 1.07
Finance 685.54 6.94 1.02
Non Life Insurance 8,108.75 254.59 3.04
Manu.& Pro. 3,062.50 38.05 1.23
Others 1,017.91 0.27 0.03
Microfinance 2,592.51 23.2 0.89
Life Insurance 9,740.60 79.32 0.81
Mutual Fund 10.77 0.04 0.36

वि.सं.२०७७ भदौ २९ सोमवार १६:३१ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...