back
CTIZAN AD

मेरो शेयरले मोबाइल एप ल्याउँदै, अब आईपीओ मोबाइलबाटै भर्न मिल्ने

वि.सं.२०७७ भदौ ३० मंगलवार

882 

shares

काठमाडौं । मेरो शेयरको मोवाइल एप आउने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले उक्त मोबाइल एप ल्याउन लागेको हो । जनाइएअनुसार बुधबार मोबाइल एप सार्वजनिक हुनेछ ।

सीडीएससीले उक्त एपको आन्तरीक परिक्षण गरि सकेको जानकारी दिएको छ । आन्तरीक परिक्षण सफल भएपछि सर्वसाधारणका लागि पनि त्यो सार्वजनिक गर्न लागिएको हो ।

जनाइएअनुसार मोबाइल एप पहिलो चरणमा एन्ड्रोईड भर्जनका प्रयोगकर्ताले मात्रै प्रयोग गर्न सक्नेछन् । अन्य भर्जनका प्रयोगकर्ताका लागि अर्को चरणमा एप सार्वजनिक हुनेछ । हालसम्म मेरो शेयरको सफ्टवेयर वेभबेस मात्रै थियो ।

एपबाट विशेषगरि आईपीओमा निवेदन दिने र शेयर बिक्रीपश्चात ट्रान्सफर गर्ने सुविधा हुने जनाइएको छ । हाल वेभपेजमा मात्रै निर्भर रहनुपर्दा निकै समस्याहरु रहने गरेका थिए ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १७:१५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...