back
CTIZAN AD

जापानमा कर्णालीबासी नेपालीहरु संगठित, अध्यक्षमा कृष्ण शाही सर्वसम्मत

वि.सं.२०७७ भदौ ३० मंगलवार

867 

shares

२९ भदौ, टोकियो । जापानमा रहेका कर्णाली प्रदेशवासी नेपालीहरु संगठित भएका छन् ।

आइतबार साँझ भर्चुअल प्रविधिबाट भएको एक भेलाले ‘कर्णाली प्रदेश समाज जापान’को गठन गरेको छ । भेलाले कृष्ण शाहीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बसन्त घर्ती मगर, उपाध्यक्षमा भीमप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा रञ्जिता बुढाथोकी, महासचिवमा केबी टमटा र सचिवमा माधव थापा, ईन्द्रजित अधिकारी, नारायण न्यौपाने र हरिश्चन्द्र उपाध्याय चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा हिमप्रकाश थापा र सहकोषाध्यक्षमा महेन्द्र केसी चयन भएका छन् ।
त्यस्तै सदस्यमा बिष्णु रोकाय, गौरीप्रसाद न्यौपाने, हरिबहादुर शाही, जुनकुमार रोकाय, कमल शाही, युवराज धमला, जीबन शाही, नवराज थापा, बीरेन्द्र शाही र सिर्जना रोकाय चयन भएका छन् ।

कर्णाली प्रदेशका विभिन्न १० जिल्लाबाट जापान आई विभिन्न क्षेत्रमा संलग्न नेपालीहरुलाई गोलबन्द गरी प्रवासका समस्यालाई समाधान गर्दै समग्र कर्णाली प्रदेशको उत्थानका लागि जापानबाट क्रियाशील रहने उद्देश्यले कर्णाली प्रदेश समाज जापानको गठन भएको हो ।

डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालीकोट, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र पश्चिम रुकुम गरी १० जिल्ला ओगटेको कर्णाली प्रदेशलाई आधार क्षेत्र मानी त्यस क्षेत्रको समृद्धिका लागि जापानबाट सम्भावित योगदान पुरयाउन पहल कदमी गर्ने र सो क्षेत्रबाट जापान आएका नेपालीहरुबीच पारस्परिक भाइचारा, सहयोग तथा सम्बन्धलाई बिस्तार गर्ने समाजको मुख्य उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष शाहीले बताए ।

आफ्नो माटोका लागि सक्दो योगदानका लागि एकजुट हुनुपर्छ भन्ने मान्यताबाट संस्थागतरुपमा एक भएको अध्यक्ष शाहीले बताए । उनले समाज विसुद्ध सामाजिक संस्था भएकोले सबै जापानबासी कर्णालीवासीलाई यसमा जोडन र गोलबद्ध हुन आह्वान गरेका छन् ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १७:३२ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...