३० भदौं, काठमाण्डौं । नेपालमा मंगलबार (३० भदौ) सम्म पिसीआर प्रविधिबाट ८ लाख ६१ हजार ७८० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०३७२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १५ हजार ७७९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,१३९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,६४० रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १७४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ५ प्रदेश २ मा ९ बागमती प्रदेशमा १२३, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना गरी जम्मा १७४ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २५ र प्रदेश ५ मा १ र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा २८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर चितवन, मकवानपुर र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ६ पुगेका छन् । जसमा सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।
त्यस्तै आज थपिएका १४५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । साथै आज १०६२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४० हजार ६३८पुगेको छ । आज ११ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ६७६ सहित १४५९ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ६७६ जनासहित देशैभरी १४५९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५५५ ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को ओखलढुंगा, खोाङ, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १\१ जना, मोरङमा १११ र सुनसरीमा १७ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ६, पर्सामा १, बारामा ३, महोत्तरीमा ९, रौतहटमा २६, सप्तरीमा २४, सर्लाहीमा ४ र सिराहामा १६२ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ५५५, काभ्रेपलान्चोकमा ८, चितवनमा ३७, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा ८६, मकवानपुरमा ८७, रामेछापमा २, ललितपुरमा ३५ र सिन्धुपाल्चोकमा २ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ७, गोरखामा ५, तनहुँमा ९, नवलपरासीपुर्वमा २१, मनाङमा १, लमजुङमा ४ र स्याङजामा १४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ३, गुल्मीमा ३, दाङमा २६, नवलपरासीमा ३, पाल्पामा १६, बर्दियामा १, बाँकेमा २७ र रुपन्देहीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा २, सुर्खेतमा २३ र सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ८, कैलालीमा ११, डोटीमा ११, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा ८ जना संक्रमित थपिएसँगै आज देशैभरी १४५९ जना संक्रमित थपिएका छन् । जसमा महिला ४४६ जना र पुरुष १०१३ जना रहेका छन् । आज थपिएका १४५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
आज पनि १०६२ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज पनि १ हजार ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १ हजार ६२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका १,०६२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । निको हुनेको यो संख्या ७१.५ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३५६२, प्रदेश २ मा ११ हजार ९६, बागमती प्रदेशमा ८,३९२ गण्डकी प्रदेशमा २३४५, प्रदेश नं ५ मा ६,६७७, कर्णाली प्रदेशमा २५३१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३५ जना गरी हालसम्म जम्मा ४० हजार ६३८ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९५२, प्रदेश २ मा ४५७, बागमती प्रदेशमा ४६७, गण्डकी प्रदेशमा ५६१, प्रदेश नं ५ मा १९४३, कर्णाली प्रदेशमा ६९७ र सुदूरपश्चिम प्रदेशमा २१४३ जना गरी हालसम्म जम्मा ७२५० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ४०१, प्रदेश २ मा ८९०, बागमती प्रदेशमा४,२५२, गण्डकी प्रदेशमा ८००, प्रदेश नं ५ मा १२१७, कर्णाली प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २८३जना गरी हालसम्म जम्मा ८,१३९ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १११६, प्रदेश २ मा १२८८, बागमती प्रदेशमा ३९००, गण्डकी प्रदेशमा १८२ प्रदेश नं ५ मा ७६४, कर्णाली प्रदेशमा ९७ र सुदूरपश्चिम प्रदेशमा २९३ जना गरी जम्मा ७,६४० जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ११ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज सिराहाकी ३५ वर्षीैया, बाराकी ५५ वर्षीया, काठमाडौंकी ८६ वर्षीया र रुपन्देहीकी ६४ वर्षीया गरी ४ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यसैगरी सर्लाहीका ६४ वर्षीय, बाराका ५५ वर्षीय, काठमाडौंका ३४, ९६, र ६६ वर्षीय गरी ३ पुरुष, मकवानपुरका ६१ वर्षीय र कपिलवस्तुका ५८ वर्षीय गरी जम्मा ७ पुरुषको मृत्यु भएको हो ।
आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६ प्रतिशत हो ।
हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ भदौ ३० मंगलवार १८:२३ मा प्रकाशित



























