back
CTIZAN AD

नेपाली फुटबल खेलाडी राजेश परियार भारतीय क्लबमा अनुबन्धित

वि.सं.२०७७ भदौ ३१ बुधवार

948 

shares

भदौँ ३१, काठमाडौँ । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराउनुभएको हो । आई लिगका लागि परियार बिहीबार भारत जाँदै हुनुहुन्छ ।

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)( एकेडेमीबाट उत्पादित खेलाडी हुनुहुन्छ । उहाँले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम ९एनआरटी० बाट खेल्नुभएको थियो । परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध हुनुभएको थियो ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १६:०५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...