back
CTIZAN AD

आन्तरिक विवाद चुलिरहेको बेला राप्रपाका अध्यक्षत्रयबीच भेटवार्ता, यस्तो भयो सहमती ?

वि.सं.२०७७ भदौ ३१ बुधवार

966 

shares

काठमाडौं । आन्तरिक विवाद चुलिरहेको बेला राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीच भेटवार्ता भएको छ । अध्यक्षत्रबीच बुधबार दिउसो भेटघाट भएको हो ।

पछिल्लो समय पार्टीभित्रको विवाद र बहसको बारेमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा विषयहरु छताछुल्ल बनेका थिए । विशेषगरि दुई अध्यक्षहरु थापा र लोहनीबीच सामाजिक सञ्जालमै आरोप–प्रत्यारोप भएको थियो ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले अर्का अध्यक्ष लोहनीलाई पार्टी एकता भाँड्न लागि परेको आरोप लगाएका थिए ।

विवादका बीच भएको भेटवार्ता सकारात्मक रहेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भेटवार्टा सौहार्दपूर्ण सम्पन्न भएको र सहमती र समझदारीबाट अगाडि बढ्ने सहमती भएको बताएका छन् ।

सामाजिक सञ्जालमा थापाले लेखेका छन्–‘राप्रपा त्रय अध्यक्षहरूको बैठक आज सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। बैठकले सहमति र समझदारीबाटै सबै समस्या समाधान गरी पार्टी एकता अक्षुग्ण राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।’

वि.सं.२०७७ भदौ ३१ बुधवार १७:१२ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...