back
CTIZAN AD

उद्यमी बन्न चाहनेलाई एक प्रतिशत ब्याजदरमा ऋण

वि.सं.२०७७ भदौ ३१ बुधवार

915 

shares

काठमाडाैं । सिन्धुपाल्चोककाे लिसँखुपाखर गाउँपालिकाले उधमशील बन्न चाहने बेरोजगार तथा विपन्न नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत उद्यमव्यवसाय कर्जा प्रदान गर्ने भएको छ ।

उद्यमीले आर्थिक शसक्तिकरणमार्फत गाउँपालिकालाई कृषि, पशुपंक्षीपालन तथा लघु, घरेलु उद्योगजन्य उत्पादनलगायत निर्यातयोग्य सामग्री गाउँपालिकामा उत्पादन गरी समग्र गाउँपालिकाकोे आर्थिक सामाजिक विकासमा टेवा पुर्याउन लिसँखुपाखर गाउँपालिका र नेपाल बैंक केन्द्रीय कार्यालयबीच यही मङ्गलबार सम्झौता गरेको छ ।

गाउँपालिका र बैंकबीच सम्झौताले गाउँवासीमा खुशी छाएको छ । व्यावसायिक हुने आँट भएका तर आर्थिक अभावमा भौतारीएका लिसँखुपाखरका स्थानीयका लागि साह्रै सुखद् खबर भएको गाउँपालिका अध्यक्ष कमल नेपालले बताए । पालिकाभित्र हरेक वडाका लक्षित नागरिकमध्ये अति आवश्यक र गर्न सक्ने दुवै विषय समेटेर काम अगाडि बढाइने नेपालले बताए ।

पालीकाका कोही पनि नागरिक बेरोजगार रहन नपरोस्, सबैले रोजगार पाउँन् र सबै आत्मनिर्भर बन्न सकुन् भन्दै गत वर्षदेखि यस्तो कार्यक्रमको शुरुआत गरिएको गाउँपालिकाले जनाएको छ । आर्थिक अभावले गर्दा उद्योग व्यवसाय गर्नबाट बञ्चित भएका युवाका लागि गाउँपालिकाले राम्रो कार्यको थालनी गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए ।

यो कार्यक्रमले खेती किसान र पशुपालकलाई समेत धेरै सहज भएको दुलालले बताए ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १७:२८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...