back
CTIZAN AD

रहेनन राम बहादुर

वि.सं.२०७७ भदौ ३१ बुधवार

1.3K 

shares

३१ भदौ, काठमाडौँ । पर्वतको दक्षिणी भेगका सामाजिक ब्यक्तित्व रामबहादुर थापा मगरको निधन भएको छ ।
बुवा जयबहादुर थापा मगर र आमा याम कुमारी थापा मगरबाट वि.सं २००७ माघ १८ मा जन्मिएका थापाको भदौ ३१ गते निधन भएको हो ।

भारतीय सेनाको हेनरी नायब सुब्दारबाट निवृत्त उनले २०४८ सालमा साविक एमालेको पार्टी सदस्यता लिएको, २०५४ सालमा हुवास गाविसको ३ नं वडा अध्यक्षमा निर्वाचित भएको, जनसेवा माविमा लामो समयसम्म संचालक समितिमा रहि काम गरेको, हटिया धरादी खानेपानीको अध्यक्ष भई जनताको घरघरमा पानी पु¥याएको, २०५४ मा भुपु सैनिक संगठनको इलाका १० वार्ड अध्यक्ष हुँदै इलाका १० को अध्यक्ष एवम् जिल्ला कमिटी सदस्य र हाल सत्तारुढ नेकपाको पार्टी सदस्यको रुप पार्टीप्रति योगदान पु¥याएको कुरा नेकपा नेता रेशम न्यौपानेले बताएका छन् ।

उनको निधनपछि नेकपाका नेताहरु जयनारायण तिवारी, मित्रलाल बस्याल, याम कुमारी राना र चोकलाल न्यौपाने लगायतले पार्टी झण्डा ओढाइ सम्मान दिएका थिए । नेकपा पैयुका अन्य नेताहरु, बिभिन्न राजनैतिक दलका ब्यक्तिहरु र ब्यवसायी तथा समाजसेवीहरुले उनीप्रति श्रद्धान्जली दिएका थिए ।

राम बहादुरको परीवारका सदस्य श्रीमति धन कुमारी थापा छोराहरु विनोद थापा, निर्मल थापा बुहारीहरु पार्वती थापा र विजुना थापा, छोरीहरु सिता थापा, रिना थापा, सिमा थापा, रोजिना थापा लगायतलाई पर्न गएको दुखद् घडिमा सान्त्वना दिन पैयूबासीको ठूलो उपस्थिति रहेको बताइएको छ ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १८:२३ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...