back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ ३१ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ ३१ बुधवार

777 

shares

३१ भदौं, काठमाण्डौं । नेपालमा बुधबार (३१ भदौ) सम्म पिसीआर प्रविधिबाट ८ लाख ७२ हजार २७४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,४९४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६ हजार २४२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,५४१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,७०१ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १७३ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४, प्रदेश २ मा ९, बागमती प्रदेशमा १२३, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना गरी जम्मा १७३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १ गरी जम्मा २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सिराहा, काठमाडौं भक्तपुर, चितवन, मकवानपुर र रुपन्देही गरी ८ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ७ पुगेका छन् । जसमा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १५३९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५८ हजार ३५७ पुगेको छ । साथै आज १,०६८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।  आज ८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ७३७ सहित १५३९ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ७३७ जनासहित देशैभरी १५३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, ओखलढुंगा र खोटाङमा १÷१ जना, झापामा १९, धनकुटामा २, भोजपुरमा ५, मोरङमा ३५ र सुनसरीमा ७० जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्सामा ७, सप्तरीमा ४४, सिराहामा २७४ तथा बारा, महोत्तरी, सर्लाही र रौतहटमा १\१ जना, जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६५२, काभ्रेपलान्चोकमा १८, चितवनमा १, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १, भक्तपुरमा २५, मकवानपुरमका ४९, रामेछापमा १, ललितपुरमा ६०, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा १९, तनहुँमा ३, नवलपरासीपुर्वमा ५, म्ँयाग्दीमा १, लमजुङमा २, बागलुङमा ४ र सयङजामा २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा १, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ४,पाल्पमा २, बर्दियामा २, बाँकेमा ४४, रुपन्देहीमा ४५ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा २, रुकुमपश्चिममा १, सल्यानमा ३३ र सुर्खेतमा १४ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १ र कैलालीमा १४ जना संक्रमित थपिएसँगै आज देशैभरी १५३९ जना संक्रमित थपिएका छन् । जसमा महिला ४०४र पुरुष ११३५ जना रहेका छन् । आज थपिएका १५३९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५८ हजार ३५७ पुगेको छ ।

आज पनि १०६८ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज १०६८ जना कोरोना संक्रमणबाट निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १०६८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १०६८जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४१ हजार ७ सय पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३५५७, प्रदेश २ मा ११३५७, बागमती प्रदेशमा ८,८६४, गण्डकी प्रदेशमा २४११, प्रदेश नं ५ मा ६,७६४, कर्णाली प्रदेशमा २५९० र सुदूरपश्चिम प्रदेशमा ६०६३ जना गरी हालसम्म जम्मा ४१ ह्जार ७ सय जना निको भएका हुन् । निको हुनेको यो संख्या ७१.५ रहेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७२८, प्रदेश २ मा ९९८, बागमती प्रदेशमा ४४९, गण्डकी प्रदेशमा ५५१, प्रदेश नं ५ मा ५६१, कर्णाली प्रदेशमा १९३९, र सुदूरपश्चिम प्रदेशमा ७५५ जना गरी हालसम्म जम्मा जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ४१६, प्रदेश २ मा ९५६, बागमती प्रदेशमा ४५९५, गण्डकी प्रदेशमा ८०१, प्रदेश नं ५ मा १२७२, कर्णाली प्रदेशमा २६२ र सुदूरपश्चिम प्रदेशमा २४९जना गरी हालसम्म जम्मा ८,५४१ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ११३९, प्रदेश २ मा १३०१, बागमती प्रदेशमा ३९००, गण्डकी प्रदेशमा १८२, प्रदेश नं ५ मा ७४२,कर्णाली प्रदेशमा १२३, र सुदूरपश्चिम प्रदेशमा ३१४ जना गरी ७,७०१ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज पनि ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका ८ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ४ पुरुष गरी ८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज मृत्यु हुने महिलामा बाराकी ४६ वर्षीया, काभ्रेपलान्चोककी ५५ वर्षीया र काठमाडौंका ७१ र ७४ वर्षीया गरेर ४ महिलाको रहेका छन् ।
त्यस्तै सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलान्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरुष गरी ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ ३० गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ ३१ बुधवार १८:३२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...