back
CTIZAN AD

लकडाउनलाई सरकारमा बस्नेले भ्रष्टाचार गर्ने मौकाको रुपमा प्रयोग गरे : कांग्रेस नेता गुरुङ्ग

वि.सं.२०७७ असोज १ बिहीवार

882 

shares

काठमाडौं । नेपाल कांग्रेसका नेता धनराज गुरुङ्गले कोरोना नियन्त्रण तथा रोकथाममा सरकार पूर्णं असफल देखिएको टिप्पणी गरेका छन् । गुरुङ्गले समुदाय स्तरमै कोरोना फैलिरहेको बेला परिक्षण घटाउनु सरकारको असक्षमताको पराकाष्ठा भएको बताए ।

कोरोना महामारीको बेला आर्थिक क्षेत्रलाई सन्तुलनमा ल्याउन सरकारले एउटा पनि कार्ययोजना बनाउन नसकेको गुरुङ्गको भनाई छ । उनले सरकारमा बस्नेले कोरोना नियन्त्रणभन्दा लकडाउनलाई भ्रष्टाचार गर्ने मौकाको रुपमा प्रयोग गरेको आरोप लगाए ।

सामाजिक सञ्जालमा गुरुङ्गले भनेका छन्, ‘कोरोना बिरुद्ध लड्ने र आर्थिक क्षेत्रलाई पनि सन्तुलित बनाएर राख्ने सरकारले कुनै कार्ययोजना बनाएन। लकडाउनलाई सरकारले भ्रष्टाचार गर्ने मौकाको रुपमा मात्रै प्रयोग गर्यो। कोरोना संक्रमण समुदायस्तरमै फैलिरहेको हालको अबस्थामा उल्टै परिक्षणको दायरा घटाउनु सरकारको असक्षमताको पराकाष्ठा हो।’

पछिल्लो समय लकडाउन खुल्ला गरेसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोना संक्रमण समुदायस्तर पुगिरहेको सरकारी भनाई सार्वजनिक भईरहेको बेला संक्रमितको पहिचान र उपचारमा भने सरकारले उदासिनता देखाउन थालेको देखिन्छ । जसको चौतर्फी आलोचना भईरहेको छ ।

वि.सं.२०७७ असोज १ बिहीवार १२:४० मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...