१ असोज, काठमाडौं । साताको सुरुवातीदेखि निरन्तर उकालो लाग्दै आएको सुनको भाउ साताको अन्तिमतिर भने घटेको छ ।
मंगलबार र बुधबार एउटै भाउमा कारोबार भएको सुनको भाउ विहिबारको बजारमा भने एकैदिन प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज नौ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी आज तेजावी सुनको भाउ प्रतितोला ९६ हजार १ सय रुपैयाँ रहेको छ भने आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १३२० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ असोज १ बिहीवार १५:१० मा प्रकाशित



























