back
CTIZAN AD

‘कुलमानलाई देश निकाला गरौं’ भन्दै पत्रकार बानियाले सरकारलाई लेखे यस्तो पत्र

वि.सं.२०७७ असोज १ बिहीवार

1.6K 

shares

काठमाडौं । चर्चित टेलिभिजनका कार्यक्रम प्रस्तोता एंव पत्रकार राजेन्द्र बानियाले विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई देश निकाला गर्न सरकारलाई सुझाब दिएका छन् । उनले व्यंगात्मक रुपमा राम्रा काम गरेर उदाहरणीय बनेका कुलमानजस्तालाई कारबाही गर्नुपर्ने सुझाब दिएका हुन् ।

पुननियुक्तीको माग चर्को रुपमा उठिरहेको बेला सरकारले राम्रा काम गर्नेलाई कारबाही गर्न तिर ध्यान दिनुपर्ने बानियाको ब्यंगात्मक सुझाब छ । कुलमानलाई नियुक्ती दिन दबाब बढिरहेको बेला उनले भनेका छन्, ‘हैन कुलमानले गरेका राम्रा कामले पोलेकै हो र ? उनकै कारण आफ्नो मान्छे नियुक्त गर्न गार्होत् भएको नै हो भने कुलमान घिसीङलाई देश निकाला गरौं । बत्ती दिन र जनतालाई उज्यालो दिनु उनको गल्ती थियो भने कानुन बनाएर मृत्युदण्ड दिँदा नि भयो । न रहे बाँस न बजे बाँसुरी ।’

केहि दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले खुल्ला प्रतिस्पर्धाबाट आउन कुलमानलाई चुनौति दिएको विषयमा टिप्पणी गर्दै उनले चाकडीबाजेले प्रतिष्पर्धाका कुरा गरेको नसुहाउने बताएका छन् ।

‘अझ कुलमानलाई खुला प्रतिस्पर्धाबाट आउन समेत चुनौती दिइएको छ, आफुले जिन्दगीमा कहिल्यै प्रतिस्पर्धा नदेखेका, राज्यकोषबाट चाकडीका भरमा घर चलाएकाहरुले प्रतिस्पर्धाको कुरा गरेको सुहाउँदैन’ पत्रकार बानियाले भनेका छन्, ‘४८ सालपछी पालैपालो सरकार र ढुकुटीमा रजाइँ गरेका अनि नातालाई पालो पुगेर नियुक्ती बिक्रीमा दलाल खरिद गरेकाले खुला प्रतिस्पर्धाको कुरा गर्दा प्रतिस्पर्धा भन्ने शब्द नै लजाउला ।’

यस्तो छ सामाजिक सञ्जालमा बानियाले कुलमानबारे राखेको विचार

कुलमानलाई देशनिकाला गरौं !!

एक समय देशमै बसेर यहाँको शिक्षाको बिकासमा योगदान गर्छु भनेर डा श्रीरामभक्त माथेमा कम्बोडियाबाट नेपाल आउनुभयो । केही बर्ष काठमाडौमा बसेर केही शैक्षिक संस्थामा काम पनि गर्नुभयो,अन्तत: केही बर्ष अघि उहाँको चित्तदुख्दो अनि निराशाजनक अभिव्यक्ति आयो -” म हारेँ,काम गर्ने कुनै सकारात्मक बाताबरण भएन । म त्यसैले गह्रौ मन लिएर कम्बोडिया फर्कँदैछु ।”

अर्को एक प्रसङ्गमा ७४ सालतिर भर्खरै कार्यकारी प्रमुख भएको बेला कुलमान घिसिङसङ्ग उहाँकै कार्यकक्षमा अन्तरबार्ता गर्दा उहाँले आफ्नो प्राधिकरणको जागिरको अनुभव सुनाउँदा दुई बर्स बिना काम हाजिर गरेर तलब खान परेको पीडा सुनाउनुभएको थियो । तिनै घिसिङ कार्यकारी प्रमुख भएसी भाद्रमा दैनिक ७ घण्टाको लोडसेडिङ तिहारको दिपावलीको दिन समेत देशमा लोडसेडिङ भएन । यो घटनाले पनि हामी कति प्रतिभा पारखी रहेछौं भन्ने देखाउँछ ।

अहिले गोबिन्द केसी जुम्लामा अनसन बसेका छन् । ती फकिरलाई कसले उचालिदियो र बिगतमा सानो कुरा हुनासाथ पलेटी कसिहाल्थे त्यसको समीक्षा पछि गरौँला तर उनका केही बिसय त पुष्टि भएका छन् नि । स्वास्थ्य क्षेत्र माफियाको हातमा गयो भने जनताले दुख पाउँछन् भन्ने उनको बुझाइ त अहिले फैलिएर सरकार नै माफियाको हातमा गएको हैन र? जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने र त्यसलाई सुबिधासम्पन्न बनाउने उहाँको मागमा सरकारलाई किन बिमती? प्रष्ट छ, मोफसलमा स्वास्थ्यका सुबिधा पुर्याउँदा शहरमा बसेर जनता मारेर नेता पोस्ने मार्सीहरुको सुसेधन्दा चौपट हुन्छ हो ?

कुलमानका बिसयमा अहिले एकपछी अर्का जलमाफिया,जनमाफिया,राजनितिक व्यापारी कम्मर कसेर लागेका छन् । यो मामिलामा सरकारमा बस्ने कतिले निर्लज्जताको पराकाष्ठा नाघेका छन् । नेता र मन्त्री हुनु भनेको झुट बोल्ने लाइसेन्स पाउनु हो भने ठिकै छ हैन भने उर्जामन्त्रीले जनताका अघि सफेद झुट बोलेका छन् । मेरो जनतालाई चेतावनी छ- कहिलेसम्म बिबेक बन्दकी राखेर राजनितिक ब्यापारीलाई जनप्रतिनिधिको रुपमा जिताउँछौ हँ ? मन्त्रालयको तर्फबाट कुलमानको प्रस्ताव लैजान्छु भनेर मेरै कार्यक्रममा जनताकाबिच बोलेका र प्रतिबद्धता गरेका उर्जामन्त्री बर्षमान पुनले जनतालाई झुटो बोले बापत राजिनामा दिन पर्दैन ? कि प्रधानमन्त्रीले पुनको प्रस्ताब रोकेको हो भने जनतालाई प्रष्ट भन्नुपर्यो,हिसाब त्यतै मागौँला । कि लेनदेन नमिलेको ? कुलमानले गत चुनावमा चुनाब खर्च दिएनन् हो? पार्टी र नेता पाल्ने माफिया,बिचौलिया र इन्भर्टर ब्यापारीकै प्रभाबमा कानुनको अड्चन निकालेको भए यसको मूल्य महङ्गो पर्नेछ ,ढुक्क भए हुन्छ । अहिले सत्तामा बस्दा हामीलाई कस्ले के गर्न सक्छ भन्ने लाग्छ । यस्तै सोच्थे सद्दाम हुसेन,पर्भेज मुसरफ अनि हिटलर पनि । उनीहरुको नियती पढेको भए ठिकै छ,नत्र एकपल्ट पढेर ती मध्ये कसको नियती प्यारो छ,चिठ्ठा थुत्दा भैगो ।

कुलमानलाई पुनर्नियुक्ती नगर्नुको कारण जनतालाई बताउने हिम्मत छैन ? कानुनले मिल्दैन भने अहिलेसम्मका कति नियुक्ती कानुनसम्मत् छन् ,सरकार स्वतन्त्र छनबिनका लागि तयार छ? मन्त्री सरहको सुबिधा दिएर प्रमुख आर्थिक सल्लाहकार नियुक्त गर्ने कानुन चाहिँ कहाँ छ?कि सल्लाहकारका भाइ, मन्त्रीका नातादार, घरमुलीका हुक्के बैठके र धन्दाता बिचौलिया नियुक्ती गर्दा कानुन चाहिँदैन? कानुनले नमिलेको हो भने कानुन किन नसच्याएको ? जनताले चुनाबमा लोप्पा खुवाएकालाई संविधान संसोधन गरेर प्रधानमन्त्री बनाउन कार्यदल बनाउने नेकपाले कुलमानलाई कानुनको तगारो लगाउन खोजेको छ, जनताले आउँदो चुनाबमा यस्ता दललाई गरालो लगाउनेछन् ।

कुर्सी र शक्तीले मैमत्तहरु बिबेक बन्दकी राखेर अट्टहास गर्छन् । तिनैको फर्मानले पार्टीको प्रबक्तालाई कुलमानको पक्षमा बोल्न रोक लगाइएको छ । प्रबक्ता पनि कति निरीह,बच्चाले माथीबाट बारम्बार पिसाब गर्छ,अनि उनी टाउको सुम्सुम्याइरहने । के को लालसाले होला,त्यो दुर्गन्ध सहिरहन परेको ?

अझ कुलमानलाई खुला प्रतिस्पर्धाबाट आउन समेत चुनौती दिइएको छ । आफुले जिन्दगीमा कहिल्यै प्रतिस्पर्धा नदेखेका, राज्यकोषबाट चाकडीका भरमा घर चलाएकाहरुले प्रतिस्पर्धाको कुरा गरेको सुहाउँदैन । ४८ सालपछी पालैपालो सरकार र ढुकुटीमा रजाइँ गरेका अनि नातालाई पालो पुगेर नियुक्ती बिक्रीमा दलाल खरिद गरेकाले खुला प्रतिस्पर्धाको कुरा गर्दा प्रतिस्पर्धा भन्ने शब्द नै लजाउला ।

कुलमानले गल्ती नै गरेका छैनन् भन्ने होइन गरे होलान् ,तर तिमिहरुको अघि त्यो निकै कम होला । कुलमानले घोटाला गरेकै छैनन् भन्ने होइन,तर तिमिहरुले त घप्लक्कै पो गरेका छौ त । कुलमानले सबै गरे भन्ने हैन गर्न बाँकी होला या सकेनन् ,तिमिहरुले त गर्दा पनि गरे नौ र गर्दा पनि गर्दैनौ नि । कुलमानले तिमिहरुलाई टेरेनन् होला,तिमिहरुले चाहिँ जनतालाई टेरेका छौ र ? अनि नियम जति जनताका नायक कुलमानले मात्र मान्न पर्ने हो र ? कुलमान कसैका कुरा सुन्दैनन् निरंकुश र अधिनायक भए भन्ने लागेको भए,तिमिहरु भन्दा ठूलो अधिनायक को पो होला र ?

हैन कुलमानले गरेका राम्रा कामले पोलेकै हो र ?उनकै कारण आफ्नो मान्छे नियुक्त गर्न गार्‍हो भएको नै हो भने कुलमान घिसीङलाई देश निकाला गरौं । बत्ती दिन र जनतालाई उज्यालो दिनु उनको गल्ती थियो भने कानुन बनाएर मृत्युदण्ड दिँदा नि भयो । न रहे बाँस न बजे बाँसुरी ।

वि.सं.२०७७ असोज १ बिहीवार १५:१२ मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...