back
CTIZAN AD

संकटकालिन जनपक्षीय सरकार निर्माणका लागि नेकपा बोल्शेवीकको आग्रह

वि.सं.२०७७ असोज २ शुक्रवार

1.4K 

shares

२ असोज, काठमाण्डौं । क्रान्तिकारी जनपक्षीय कम्युनिष्टहरूको बृहत क्रान्तिकारी जनपक्षीय एकता तथा संकटकालिन जनपक्षीय सरकार निर्माणका लागि बिभिन्न घटकहरुसंग औपचारीक प्रक्रिया शुरु भएको छ ।

नेकपा वोल्शेभिक केन्द्रीय समितिको ०७७ भदौमा बसेको बैठकले गरेको निर्णय अनुसार क्रान्तिकारी जनपक्षीय कम्युनिष्टहरूको बृहद एकताको लागि विप्लव नेतृत्वको नेकपा, किरण नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी ), ऋषि कटेल र लोकनारायण सुबेदी नेतृत्वको नेकपा, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, सिपि मैनाली नेतृत्वको नेकपा (माले), रोहित नेतृत्वको नेमकिपा, सरकारमा रहेको नेकपा (नेकपा) भित्रका क्रान्तिकारीहरू, नेकपा (मसाल) भित्रका क्रान्तिकारीहरू र स्वतन्त्र रहनुभएका वामपन्थीहरूलाई निम्न प्रस्ताव पत्र हार्दिकतासाथ पठाएको जनाइएको छ ।

औपचारीक प्रस्तावमा भनिएको छ
कमरेड अध्यक्ष, महासचिव, संयोजक,
नेपाल कम्युनिष्ट पार्टी
केन्द्रिय समिति, आयोजक समिति ।
हार्दिक अभिवादन ।

विषय-क्रान्तिकारी जनपक्षीय मालेमावादका आधारमा पार्टी एकताका लागि प्रस्ताव
प्रिय कमेरड,
०७७ भदौमा वसेको नेकपा (वोल्शेभिक) को केन्द्रिय समितिको वैठकले छरिएर रहेका कम्युनिष्ट क्रान्तिकारीहरुको एउटै शक्तिशाली मालेमावादी जनपक्षीय कम्युनिष्ट पार्टी वनाउनको लागि पार्टी एकताको प्रस्ताव तपाई नेतृत्वको नेकपा समक्ष हार्दिकतासाथ पठाउने निर्णय गरेको छ । तसर्थ तपाई नेतृत्वको नेकपा केन्द्रिय समिति समक्ष हामी निम्न आधारहरुमा पार्टी एकताको लागि हार्दिक प्रस्ताव राख्दछौं ।

क) पार्टी एकताका आधारहरु
१) नेपाली क्रान्ति अधुरो रहन गएको छ । नेपाली बहुसंख्यक जनताले संघर्ष गरेर ल्याएको गणतन्त्र मुठ्ठिभर दलाल पूँजीपति वर्ग, नोकरशाही पूँजीपति वर्ग, सामन्ती अवशेष वर्ग र साम्राज्यवादी पूँजीवादी वर्गले हत्याएर कब्जामा लिएको छ र सत्तारुढ भएको छ । वहुसंख्यक जनताको श्रम पसिना र देशको सम्पतिमाथि उनीहरुले लुट मच्चाइरहेका छन् । वहुसंख्यक जनतामाथि शोषण उत्पीडन उनीहरुले शुरु गरेका छन् । सत्तारुढ डवल नेकपा (नेकपा) को मूल नेतृत्व तथा वहुसंख्यक नेताहरुको वर्ग परिवर्तन भएर दलाल तथा नोकरशाही पुँजीपति वर्गमा रुपान्तरण भएको छ । अहिलेको जनविरोधी प्रतिक्रियावादी राष्ट्रघाती मेन्शेभिक सरकार तथा वर्तमान सत्ता व्यवस्थाको विरुद्ध संघर्ष गरी वहुसंख्यक जनताको ‘वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र’ स्थापना गर्नु कम्युनिष्ट पार्टीको तात्कालिक कार्यभार हो । बैज्ञानिक समाजवाद र साम्यवाद त्यसपछिको लक्ष्य हो ।

२–अहिलेको विशिष्ट परिस्थितिमा नेपाली क्रान्तिको कार्यदिशा नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशा हो । कार्लमाक्र्सले विश्व प्रशिद्ध कम्युनिष्ट घोषणापत्रमा भन्नु भएझै क्रान्तिकारी उद्देश्य प्राप्तीकोलागि वल प्रयोग अनिवार्य छ । अहिलेको विशिष्ट स्थितिमा नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशा नै वल प्रयोगको सवभन्दा सरल सहज वैज्ञानिक र मालेमावादी कार्यदिशा हो । यसभित्र विभिन्न प्रकारका संघर्षहरु एकिकृत, संयुक्त र अन्तरघुलित र फ्युजन हुनेछन । यदि सही रणनीति र कार्यनीति तथा कार्यक्रमहरु र सही नेतृत्वका आधारमा जनआन्दोलन उठाउन सकियो भने केही भ्रष्ट तथा जनविरोधी र देशघाती व्यक्तिहरु वाहेक अत्यधिक वहुसंख्या नयाँ जनपक्षीय गणतान्त्रिक व्यवस्था र नयाँ जनपक्षीय सरकारको पक्षमा आउने हुन्छ ।

नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशामा हामीले विगतमा नेपाली जनताले गरेका विभिन्न आन्दोलनहरु, मुख्यतः ०३६ सालको आन्दोलन, ०४६ सालको आन्दोलन र ०६२ सालको आन्दोलन आदि सबैका अनुभवहरुको संश्लेषण गरेर त्यस शिक्षालाई आधार वनाइनेछ । विश्वका विभिन्न देशमा भएका जनआन्दोलनहरुका शिक्षालाई पनि आधार वनाइनेछ । रुसमा लेनिनको नेतृत्वमा कम्युनिष्ट नामधारी मेन्शेभिक र समाजवादी क्रान्तिकारी भनिएकाहरुको सरकारका विरुद्ध भएको महान वोल्शेभिक क्रान्तिका शिक्षाहरुलाई पनि आत्मसात गरिनेछ । यहाँ नेपालमा पनि प्रतिक्रियावादी जनविरोधी कम्युनिष्ट नामधारी मेन्शेभिकहरुकै जस्तो डवल नेकपाको सरकार रहेको स्थितिमा रुसको वोल्शेभिक क्रान्तिका अनुभवहरु ठुलो महत्वका हुनेछन् ।

३-वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्रका कार्यक्रमहरुको रुपमा हामीले हाम्रो घोषणापत्रमा रहेका ४९ बूँदे कार्यक्रम र पहिलो पत्रमा रहेका ३४ बुँदे तात्कालिक कार्यक्रम प्रस्तावित गरेका छौं ।

४-नयाँ संयुक्त जनआन्दोलनको तात्कालिन कार्यनैतिक नाराको रुपमा ‘नालायक, जनविरोधी तथा भ्रष्ट ओली सरकारको राजिनामा र राष्ट्रिय संकटकालिन जनपक्षीय सरकार गठनका लागि संयुक्त जनआन्दोलनको तयारी गरौं’ भन्ने प्रस्तावित गरिएको छ । यहाँ भनिएको राष्ट्रिय संकटकालिन जनपक्षीय सरकार भनेको यसै व्यवस्था भित्रको सुधारवादी सरकार नभएर नयाँ संयुक्त जनआन्दोलनको आँधीवेरीवाट वन्ने क्रान्तिकारी संयुक्त सरकार हो र यसले वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र संस्थागत गर्न संक्रमणकालिन क्रान्तिकारी सरकारको काम गर्दछ । यो कार्यनैतिक नारा अर्को रणनैतिक नाराको अभिन्न अंग हो । हामीले रणनैतिक नारा निम्न अनुसार प्रस्ताव गरेका छौं–‘सामन्ती अवशेष, दलाल तथा नोकरशाही पूँजीवाद र साम्राज्यवादको सेवा गर्ने मुठ्ठीभरको व्यवस्थाको विकल्प खोजौं । संयुक्त जनआन्दोलनवाट जनपक्षीय सरकार, जनपक्षीय प्रशासन, जनपक्षीय सत्ता सहितको समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र स्थापनाको गरौं ।’

५-उपरोक्त आधारमा अहिले देखिनै नयाँ संयुक्त जनआन्दोलनको तयारी थाल्ने, आम जनतामा जनआन्दोलकालागि तयार रहन अपिल गर्ने, मिल्न सकिने सबै संग मिलेर संयुक्त वाम मोर्चा र संयुक्त वाम लोकतान्त्रिक मोर्चा वनाउने तथा उपयुक्त मिति तोकेर नयाँ संयुक्त जनआन्दोलनको शुरुवात गर्ने घोषणा गर्ने ।
६मालेमावाद र विश्वका विभिन्न भागहरुमा भएका जनसंघर्षका अनुभवहरु नयाँ एकिकृत पार्टीको पथप्रदर्शक हुनेछ ।

७-अन्य विवादका विषयहरुमा तथा अन्य विभिन्न गम्भीर राष्ट्रिय अन्तराष्ट्रिय विषयहरुमा नयाँ एकिकृत पार्टीभित्र जनवादी केन्द्रियताको आधारमा वहस छलफल गर्दै जाने र पार्टी एकता महाधिवेशनले टुंग्याइनेछ । आवश्यक गम्भीर महत्वका विषयहरुमा आम जनसमुदाय सम्मनै वहस छलफल चलाएर मात्रै निर्णय लिइनेछ ।

ख–पार्टी एकता वारे प्रतिक्रियावादी, अवसरवादी र क्रान्तिकारी जनपक्षीय दृष्टिकोणहरु-
प्रचण्डले पूर्वमाओवादीहरु सबै अहिलेको सरकारी डवल नेकपामा एकतावद्ध हुन अपिल गरेका छन् । यो भनेको अरुलाई पनि दलाल तथा नोकरशाही वुर्जुवा वर्ग र साम्राज्यवादको दलाल वनाउने उनको दुश्प्रयास मात्रै हो । यो भनेको उनलाई ओलीले वारम्वार अन्तरसंघर्षमा पछारेको हुनाले अरुसँग गुहार मागेर वलियो भई प्रतिक्रियावादी सत्ताको नाइके वन्ने चालवाजी मात्रै हो । त्यसैले उनको पूर्व माओवादीहरुलाई एकताको अपील प्रतिक्रियावादी उद्देश्य वोकेको षडयन्त्र मात्रै हो ।

ओलीको पूर्व एमालेहरु सबै एकतावद्ध हुनको लागि वारम्वार गरिने अपील पनि उनको प्रतिक्रियावादी कुर्र्सी जोगाउन शक्ति संचय र चालवाजीको प्रयास मात्रै हो । ओली प्रचण्डहरु स्वयम् दलाल तथा नोकरशाही पूँजीपति वर्ग र साम्राज्यवादीहरुको दलालमा वर्ग रुपान्तरण भैसकेको स्थितिमा उनीहरुले फलाक्ने गरेको कम्युनिष्ट एकताको कुनै अर्थ छैन ।

यस वाहेक विद्यमान कम्युनिष्ट पार्टीहरुका विचमा अनेकौं पटक पार्टी एकताको प्रयास भएका छन । केही प्रयास भएपनि सही मालेमावादी कार्यदिशा, कार्यक्रम, रणनीति र कार्यनीति नलिएको हुनाले त्यसवाट नेपाली कम्युनिष्ट आन्दोलन अघि वढ्न सकेको छैन । तसर्थ उपरोक्त सही मालेमावादी कार्यदिशा, कार्यक्रम, रणनीति र कार्यनीतिका आधारमा शक्तिशाली कम्युनिष्ट पार्टी वनाउने उद्देश्य सहित हामीले पार्टी एकताको प्रस्ताव प्रस्तुत गरेका छौं ।

कतिपय कम्युनिष्ट दावी गर्ने नेताहरुमा ओली प्रचण्ड नेतृत्वको वर्तमान प्रतिक्रियावादी जनविरोधी राष्ट्रघाती मेन्शेभिक सरकारलाई देशभक्त र वामपन्थीहरुको सरकार देख्ने घोर दक्षिणपन्थी अवसरवाद हावी छ । यसै मेन्शेभिक ओली सरकारलाई सुधार गर्न मात्रै जनआन्दोलन गर्नु पर्दछ र यस सरकार तथा सत्ता व्यवस्थाको विकल्पमा क्रान्तिकारी जनपक्षीय सरकार तथा वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्रको मूल नारा सहित राष्ट्रियता जनतन्त्र र जनजीविकाका अन्य विविध समस्याहरु राखेर संयुक्त जनआन्दोलन गरिनु हुन्न भन्ने घोर दक्षिणपन्थी सोच केही नेताहरुमा देखिएको छ । यस्तो दक्षिणपन्थी अवसरवाद वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनमा पार्टी एकताकोलागि प्रमुख समस्या रहेको छ जसका विरुद्ध क्रान्तिकारी कम्युनिष्टहरु सबैले एकतावद्ध भएर वैचारिक भण्डाफोर गरिनु पर्दछ ।

पार्टी एकताको लागि उपरोक्त प्रतिक्रियावादी र अवसरवादी दृष्टिकोणका विरुद्ध दृढतापूर्वक संघर्ष गरेर मात्र क्रान्तिकारी मालेमावादी आधारमा विभिन्न दलहरु विच पार्टी एकता हुन सक्दछ भन्ने हाम्रो विश्वास रहेको छ । अबको पार्टी एकता कुनै पूर्व समुहहरुको मात्रै एकता नभएर विभिन्न दलहरुमा रहेका सबै क्रान्तिकारी कम्युनिष्टहरुको बृहत क्रान्तिकारी एकता हुनुपर्दछ भन्ने नेकपा (वोल्शेभिक) को प्रस्ताव रहेको छ । तसर्थ हामीले अन्य कम्युनिष्ट पार्टीहरुका कमरेडहरुलाईपनि उपरोक्त आधारहरुमा पार्टी एकताको लागि हार्दिकतासाथ प्रस्ताव पठाएका छौं ।

पार्टी एकताका विषयमा छलफल चलाउन तथा ठोस निर्णयहरु लिन उच्च स्तरिय पार्टी एकता तयारी समिति गठन गर्ने प्रस्ताव पनि प्रस्तुत गर्दछौं । यदि तत्काल पार्टी एकता सम्भव नभएमा संयुक्त वाम मोर्चा गठन गर्ने पहिलो तथा दोश्रो पत्रको प्रस्तावका विषयमा गम्भीरतासाथ लिनु भई तपाई नेतृत्वको नेकपाको तर्फवाट यथाशिघ्र प्रत्युत्तरको अपेक्षा गरेका छौं ।’

क्रान्तिकारी अभिवादन सहित
अध्यक्ष
केन्द्रिय समिति
नेपाल कम्युनिष्ट पार्टी (वोल्शेभिक)

वि.सं.२०७७ असोज २ शुक्रवार १५:१० मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...