back
CTIZAN AD

बाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याज सस्तो ?

वि.सं.२०७७ असोज २ शुक्रवार

2.8K 

shares

काठमाडौं । बाणिज्य बैंकहरुले असार मासन्तसम्मको व्याजको आधार दर सार्बजनिक गरेका छन् । यहि आधारदरलाई आधार मानेर उनीहरुले असोज १ गतेबाट नयाँ ब्याज कार्यान्वयनमा पनि ल्याएका छन् । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा केहि रकम थप गरेर निर्धारण गर्ने गर्दछन् ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कअनुसार बाणिज्य बैंकहरुको ब्याजको औसत आधार दर भने केही कम भएको छ । गत वैंशाखमा बैंकहरुको औसत आधार दर ८.९६ प्रतिशत थियो । जेठमा सो दर केहि घटेर ८.६६ मा झरेको थियो भने असारमा ८.५० प्रतिशत रहेको छ । बैंकहरुले कर्जाको ब्याजदर आधरदरमा केहि रकम थपेर तय गर्ने गर्दछन् ।

त्यस्तै बाणिज्य बैंकहरुको निक्षेप कर्जाको ब्याज अन्तर (स्प्रेड दर)मा पनि कमि आएको छ । असारमा बैंकहरुको औसत स्पेडदर ४.१२ प्रतिशत रहेको छ । यस अघि वैशाखमा यो दर औसत ४.३५, जेठमा औसत ४.२१ प्रतिशत रहेको थियो ।

कुन बैंकमा कर्जाको दर सस्तो पर्ला त ?

बाणिज्य बैंकहरुले सार्बजनिक गरेको आधार दरलाई बिश्लेषण गर्दा सबैभन्दा कम ब्याजदर सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकको रहेको छ । उसको असार मसान्तको आधारदर ५.८० प्रतिशत रहेको छ । बैंकहरुले आधारदरमा न्युनतम २ प्रतिशतसम्म थपेर ब्याजदर निर्धारण गर्ने हुँदा उसको ब्याजदर न्यूनतम ७.८० प्रतिशतबाट सुरु हुन्छ ।

त्यस्तै नेपाल बैंक लिमिटेडको आधार ६.९९ प्रतिशत रहेको छ । ७ देखि ७.९९ प्रतिशतसम्म आधार दर भएका बैंकहरु ४ वटा रहेका छन् । त्यस्तै ८ देखि ८.९९ प्रतिशतसम्म आधार दर भएका बैंकहरु ११ वटा, ९ देखि ९.९९ प्रतिशसम्म ब्याजदर भएका बैंकहरु ९ वटा १० प्रतिशत देखि १०.९९ प्रतिशतसम्म ब्याजदर भएका बैंकको संख्या १ वटा रहेको छ ।

अबदेखि बैंकहरुले कर्जाको ब्याज परिबर्तन गर्न नपाउने

बैकबाट कर्जा लिएर ब्यवसाय गर्नेहरुले अबदेखि बैंकहरुले बारम्बार ब्याजदर परिबर्तन गरेर दिने सास्तीबाट भने मुक्ति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारि गर्दै असोज मसान्त भित्रमा बैंकहरुलाई कर्जाको ब्याजदर स्थिर राख्न र सोको सूचना प्रकाशित गर्न निर्देशन दिएको छ । यसले गर्दा सेवाग्राहिहरुले कर्जा अबधि भरि एउटै ब्याजदर तिरे पुग्ने भएको छ ।

बैंकहरुको तीन महिनाको आधारदर र स्प्रेडदर यस्तो

राष्ट्र बैंककाे सूचना यस्ताे छ

वि.सं.२०७७ असोज २ शुक्रवार १६:२३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...