२ भदौ, काठमाडौं । नेपालमा आज ८७१ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८७१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८७१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा३८४७, प्रदेश २ मा ११,९००, बागमती प्रदेशमा ९,७७१, गण्डकी प्रदेशमा २५३४ प्रदेश नं ५ मा ६९६०, कर्णाली प्रदेशमा २६५७,र सुदूरपश्चिम प्रदेशमा ६१५ जना गरी हालसम्म जम्मा ४३ हजार ८२० जना निको भएका हुन् ।
आज १२४३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ४२,९४९ पुग्यो
वि.सं.२०७७ असोज २ शुक्रवार १६:२८ मा प्रकाशित



























