back
CTIZAN AD

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, उपत्यकामा ८५९ सहित २०२० जनामा संक्रमण

वि.सं.२०७७ असोज २ शुक्रवार

843 

shares

२ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८५९ जनासहित देशैभरी २०२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा ११८ र सुनसरीमा ५८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ र सिराहामा १९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६९८, काभ्रेपलान्चोकमा ६, चितवनमा १९१, दोलखामा १, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ र सिन्धुपाल्चोकमा ३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५,नवलपरासीपुर्वमा ३९ । लमजुङमा ६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पामा ३, प्युठानमा १, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ र रोल्पामा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १, रुकुमपश्चिममा २३ र सुर्खेतमा ११७ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा १६, कन्चनपुरमा ७, कैलालीमा १७, डोटीमा १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी २०२० जना संक्रमित थपिएका छन् । जसमा महिला ६३९ र पुरुष १३८१ जना रहेका छन् । आज थपिएका २०२० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ६१८ सहित १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९,५७३ पुग्यो

वि.सं.२०७७ असोज २ शुक्रवार १६:५१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...