back
CTIZAN AD

कुलमानलाई पुनः नियुक्ती गर्न कानूनअनुसार मिल्दैन : मन्त्री ज्ञवाली

वि.सं.२०७७ असोज २ शुक्रवार

675 

shares

काठमाडौं । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ्गलाई पुनः नियुक्ती गर्न कानूनअनुसार नमिल्ने बताएका छन् । उनले घिसिङको कामबाट सरकार सन्तुष्ट रहेपनि कानूनी अड्चनका कारण पुनः नियुक्ती गर्न नमिल्ने स्पष्ट पारे ।

प्रेस संगठन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘कुलमानजिको काम प्रति सरकार सकारात्मक नै छ,तर उहाँलाइ त्यही ठाँउमा पुनः नियुक्ती गर्ने प्रावधान र व्यवस्था नभएकाले कुन जिम्मेवारी दिने भन्नेमा छलफल गर्नेछौं ।’
घिसिङको पुर्ननियुक्ति गर्नै परेमा नयाँ कानुनअनुसार गरिने तर यसबारेमा सरकारले छलफल गरिनसकेको बताए ।

एकअर्को प्रसंगमा बोलद्यै परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताए । उनले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिए ।

खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै भने, “निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ ।”

सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे ।

वि.सं.२०७७ असोज २ शुक्रवार १७:४३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...