back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असोज २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २ शुक्रवार

720 

shares

२ असोज, काठमाण्डौं । नेपालमा शुक्रबार ( २ असोज) सम्म पिसीआर प्रविधिबाट ८ लाख ९४ हजार ३७३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,४५८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ३८३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,२९५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८,०८८ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १७३ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ७, प्रदेश २ मा ४, बागमती प्रदेशमा १२६, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा २० र कर्णाली प्रदेशमा १० जना गरी जम्मा १७३ जना आइसीयुमा उपचाररत छन् । साथै प्रदेश १ मा १ जना, बागमती प्रदेशमा ३४ र प्रदेश ५ मा १ जना गरी जम्मा ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही गरी ९ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ६ पुगेका छन् । जसमा सोलुखुम्बु, रसुवा, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन ।

त्यस्तै आज थपिएका २०२० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६१ हजार५९३ पुगेको छ । साथै आज ८७१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

आज ७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

आज उपत्यकाका ८५९ सहित २०२० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ८५९ जनासहित देशैभरी २०२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा ११८ र सुनसरीमा ५८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ र सिराहामा १९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६९८, काभ्रेपलान्चोकमा ६, चितवनमा १९१, दोलखामा १, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ र सिन्धुपाल्चोकमा ३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५,नवलपरासीपुर्वमा ३९ । लमजुङमा ६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पामा ३, प्युठानमा १, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ र रोल्पामा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १, रुकुमपश्चिममा २३ र सुर्खेतमा ११७ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा १६, कन्चनपुरमा ७, कैलालीमा १७, डोटीमा १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी २०२० जना संक्रमित थपिएका छन् । जसमा महिला ६३९ र पुरुष १३८१ जना रहेका छन् । आज थपिएका २०२० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

आज ८७१ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज ८७१ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८७१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८७१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा३८४७, प्रदेश २ मा ११,९००, बागमती प्रदेशमा ९,७७१, गण्डकी प्रदेशमा २५३४ प्रदेश नं ५ मा ६९६०, कर्णाली प्रदेशमा २६५७,र सुदूरपश्चिम प्रदेशमा ६१५ जना गरी हालसम्म जम्मा ४३ हजार ८२० जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९३८, प्रदेश २ मा ३८७, बागमती प्रदेशमा ५०१, गण्डकी प्रदेशमा ५६१, प्रदेश नं ५ मा १७०३, कर्णाली प्रदेशमा ७९९ र सुदूरपश्चिम प्रदेशमा २८४७ जना गरी हालसम्म जम्मा ७७३६जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ५२१, प्रदेश २ मा ८९०, बागमती प्रदेशमा ५२९६, गण्डकी प्रदेशमा ८६३ प्रदेश नं ५ मा १,१६३, कर्णाली प्रदेशमा २८५ र सुदूरपश्चिम प्रदेशमा २७७ जना गरी हालसम्म जम्मा ९,२९५ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ११९०, प्रदेश २ मा १०७७, बागमती प्रदेशमा ४१९७, गण्डकी प्रदेशमा १८७, प्रदेश नं ५ मा ९३७, कर्णाली प्रदेशमा १८६ र सुदूरपश्चिम प्रदेशमा ३१४ जना गरी ८०८८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाट ७ जनाको मत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।
आज मृत्यु भएका २ महिलामा ललितपुरकी ६६ वर्षीया र काठमाडौंकी ८५ वर्षीया रहेका छन् भने मोरङ ६६ वर्षीय २ पुरुष, काठमाडौंका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय गरी ५ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।  आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा असोज १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज २ शुक्रवार १८:०५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...