back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा असोज १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १ बिहीवार

969 

shares

१ असोज, काठमाण्डौं । नेपालमा विहिबार ( १ असोज ) सम्म पिसीआर प्रविधिबाट ८ लाख ८२ हजार ९१५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,६४१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी १६,२४७ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,९०३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८,३३८ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १८२ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ७, प्रदेश २ मा ९, बागमती प्रदेशमा १२९, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना गरी जम्मा १८२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा ३७ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सिराहा, ललितपुर, मकवानपुर, काठमाडौं, भक्तपुर, चितवन र रुपन्देही गरी ९ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ५ पुगेका छन् । जसमा सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १२४६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । साथै आज १२४३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

आज ४ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ६१८ सहित १२४६ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ६१८ जनासहित देशैभरी १२४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, खोटाङ र धनकुटामा १÷१ जना, झापामा ११? मोरङमा ९४ र सुनसरीमा ५४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १६, पर्सामा १९, बारामा १०, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा ९, सर्लाहीमा ११ र सिराहामा ११ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५०७, काभ्रेपलान्चोकमा २, चितवनमा १०१, दोलखामा ३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ५०, मकवानपुरमा ६३, रामेछापमा १, ललितपुरमा ६१ र सिन्धुपाल्चोकमा ४ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा ३, तनहुँमा २, नवलपरासीपुर्वमा १५, लमजुङमा १, बाग्लुङमा ४ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तु, गुल्मी, दाङ र पाल्पामा १\१ जना, नवलपरासीमा १६, प्युठानमा २१, बर्दियामा १३, बाँकेमा २१ र रुपन्देहीमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १० र सुर्खेतमा १ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २२, कन्चनपुरमा ८, कैलालीमा २१, डोटीमा १७ र बझाङ र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी १२४६ जना संक्रमित थपिएका छन् । जसमा महिला ४२८ र पुरुष ८१८ जना रहेका छन् । आज थपिएका १२४६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

आज १२४३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ४२,९४९ पुग्यो
नेपालमा आज १२४३ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १२४३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १२४३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३७७१, प्रदेश २ मा ११,७१७, बागमती प्रदेशमा ९,४११, गण्डकी प्रदेशमा २४६६, प्रदेश नं ५ मा ६८७१ कर्णाली प्रदेशमा २६०८ र सुदूरपश्चिम प्रदेशमा ६१०५ जना गरी हालसम्म जम्मा ४२,९४९ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १८८३, प्रदेश २ मा ८३९ बागमती प्रदेशमा, ४३२ गण्डकी प्रदेशमा ५००, प्रदेश नं ५ मा ३६१, कर्णाली प्रदेशमा २००० र सुदूरपश्चिम प्रदेशमा ८१७ जना गरी हालसम्म जम्मा ७,८८३ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ४३०, प्रदेश २ मा ६८७, बागमती प्रदेशमा ४,५५४, गण्डकी प्रदेशमा ७८८ प्रदेश नं ५ मा ९१८, कर्णाली प्रदेशमा २४९ र सुदूरपश्चिम प्रदेशमा २७७ जना गरी हालसम्म जम्मा ७,९०३ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ११७२ प्रदेश २ मा १२८७ बागमती प्रदेशमा ४१८७, गण्डकी प्रदेशमा १८२, प्रदेश नं ५ मा १०६७, कर्णाली प्रदेशमा १३० र सुदूरपश्चिम प्रदेशमा ३१३ जना गरी ८,३३८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । विगतका दिनमा आज मृत्यु हुनेको संख्या कमी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जिल्लाका ४जनाको मृत्यु भएको छ । जसमा ३ महिला र १ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज मृत्यु भएकामा मोरङकी ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया गरी ३ महिला र काठमाण्डौंका ८७ वर्षीय १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज थपिएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८३ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ ३१ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १ बिहीवार १८:२० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...