back
CTIZAN AD

व्यवसायिक तरकारी खेतीबाट बर्सेनि करोडौ कमाउँछन् यहाँका किसान

वि.सं.२०७७ असोज १ बिहीवार

1.2K 

shares

१ असोज,दुल्लू । दैलेखको नारायण नगरपालिका-२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्राउने गरेका छन् ।
यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् ।

व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती शुरु गरेका जाहरकोटका किसान चन्द्रबहादुर थापाले तरकारी खेतीबाटै वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्छन् । उनले २० रोपनी जग्गामा गरेको तरकारी खेतीको आम्दानीले दुई छोरालाई सब-इञ्जिनीयर पढाएका छन् । अहिले दुबै छोरा नेपाल सरकारको जागीरे छन् ।

त्यस्तै, नारायण नगरपालिका–२ का अध्यक्ष रेशमबहादुर थापाले पनि करिब २५ रोपनी जग्गामा गरेको व्यवसायिक तरकारी खेतीबाट वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्छन् । चन्द्रबहादुर र रेशमबहादुर मात्र होइन, यहाँका प्रायः सबै घरपरिवारले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् । सरकारी तथा अन्य पेशामा आवद्ध भएकाले पनि बिहान बेलुकाको समयलाई सदुपयोग गर्दै तरकारी उत्पादनमा लागेका छन् ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार जाहरकोटबाट मात्रै वार्षिक रु ७ करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ । “यहाँबाट उत्पादित तरकारी जिल्लाबाहिर पनि जाने गरेको छ”, व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका किसान सर्वजित भण्डारीले भने, “तरकारी खेतीबाट वार्षिक रु १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ ।” आठ वर्षअघि भाडामा जग्गा लिएर तरकारी खेती शुरु गरेका भण्डारीले अहिले तरकारी लगाएको सबै जमीन खरिद गरेर आफ्नो नाममा सम्पति जोडिसकेको छ । त्यति मात्र होइन, यसैको आम्दानीले सुर्खेतमा पनि दुई वटा घडेरी जोडिसकेको उनको भनाइ छ ।

तरकारीको आम्दानीले आफ्नो जीवन नै सुखी बनाएको वडाध्यक्ष थापाको भनाइ छ । छत्तीस वर्ष शिक्षण पेसामा संलग्न हुँदा र अहिले वडाध्यक्ष हुँदा पनि आफूले तरकारी खेती निरन्तर रुपमा गरिरहेको उनले भने । यहाँको तरकारी दैलेख सदरमुकाम, सुर्खेत र नेपालगञ्जलगायत बजारमा विक्री हुने गरेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।

“यहाँको उत्पादनले भारतबाट आउने तरकारीलाई विस्थापित गराएको छ”, उनले भने “विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले पछिल्लो समय यहाँका किसान अर्गानिक तरकारी खेतीमा जोड दिएका छन ।” उनीहरु जैविक विषादीको प्रयोग गरी रोग र कीरा नियन्त्रण गर्न थालेका छन् ।  जाहकोटलाई नमूना तरकारी केन्द्रको रुपमा विकास गर्ने योजना रहेको नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए ।  रासस

file photo

 

वि.सं.२०७७ असोज १ बिहीवार १९:०१ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...