back
CTIZAN AD

कोरोना महामारीलाई देखाउँदै फिलिपिन्सका राष्ट्रपतिले गरे संकटकाल लम्ब्याउने घाेषणा

वि.सं.२०७७ असोज ३ शनिवार

744 

shares

काठमाडाैं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याउने भएका छन् । कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी संकटकाल घोषणा गरेका हुन् ।

घोषणा नं. १०२१ मार्फत् उनले संकटकाललाई लम्ब्याउनु भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन । संकटकाल लम्याउने विषयमा शुक्रबार सार्वजनिक गरिएको छ । तर अहिले घोषणा गरिएको संकटकाल भने यही सेप्टेम्बर १३ देखि अर्को बर्ष सन् २०२१ को सेम्टेम्बर १२ तारिखसम्म लागु हुनेछ ।

यसअघि गत मध्य मार्चमा छ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो । तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक बर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाई छ ।

फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन् ।

महामारीबाट भइरहेको मानवीय क्षति न्युनिकरणका लागि भन्दै फिलिपिन्समा संकटकाल घोषणा गरिएको हो । राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले सवै समाधिस्थलहरु यही अक्टोबर २९ देखि नोभेम्बर ४ तारिखसम्म बन्द रहने पनि जानकारी दिए ।

फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसबाट तीन हजार २५७ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या झण्डै दुई लाख ८० हजार पुगेको छ । ती मध्ये दुई लाख आठ हजार ७९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी कोरोनाभाइरसकै कारण फिलिपिन्समा अहिलेसम्म कुल मृतकको संख्या चार हजार ८३० पुगेको पनि अधिकारीहरुले जनाएका छन् । एजेन्सीबाट

वि.सं.२०७७ असोज ३ शनिवार १४:०८ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...