back
CTIZAN AD

नेप्सेमा सामान्य बृद्धि, १२ कम्पनीको सूचकमा सकारात्मक सर्किट

वि.सं.२०७७ असोज ४ आइतवार

921 

shares

४ असोज, काठमाडौं । साताको पहिलो दिन अाइतबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक औसतमा ३ अंकले बढेर १५७५.१८ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि १.१२ अंकले बढेर ३१३.६२ बिन्दुमा पुगेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झण्डै १ अर्बले घटेको छ ।

आज कूल सूचिकृतमध्ये १८८ कम्पनीको २ अर्ब ७३ करोड ९३ लाख २८ हजार २० रुपैंयाँ बराबरको ९२ लाख १७ हजार ५४८ कित्ता सेयर किनबेच भएको पनि नेप्सेले जनाएको छ । तिनको कारोबारमा ६४ हजार ४७२ पटक लेनदेन भएको छ ।

आज बैंक, बिकास बैंक र बित्त कम्पनी बाहेक सबै ९ वटै कम्पनी उपसूचक समूहको परिसूचक ओरालो लागेको छ । नेप्सेमा झिनो अंकको बृद्धि हुँदा पनि १२ कम्पनीको सूचकमा सकारात्मक सर्किट लागेको छ ।

आजको बजारमा ७० कम्पनीका लगानीकर्ताहरुले कमाएका छन भने ९० कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । त्यस्तै ७ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन आएको छैन ।

कारोबार रकमाको आधारमा आज रिलायन्स लाईफले पूनर्बीमा कम्पनीलाई पछिपार्दै शिर्ष स्थानमा उक्लिएको छ । उसको आज १९ करोड ४७ लाख ६४ हजार ५१६ रुपैंया बराबरको कारोबार भयो । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयरमूल्य ६६५ रहेको थियो ।

त्यस्तै दोस्रो स्थानमा झरेको नेपाल पूनर्बीमा कम्पनीको १६ करोड २९ लाख ४० हजार १९७ रुपैंयाँ बराबरको कारोबार भएको छ ।

नेपाल बैंक लिमिटेडको १४ करोड २० लाख ६५ हजार ९२५ रुपैंयाँ बराबरको कारोबार भएको छ भने सिभिल बैंक लिमिटेडको ७ करोड ५० लाख ५० हजार ३३४ तथा अरुण काबेली पावर लिमिटेडको ७ करोड ३६ लाख ५० हजार ५९९ रुपैंयाँ बराबरको सेयर कारोेबार भएको छ ।

कारोबार संख्याको आधारमा भने सिभिल बैंक लिमिटेड शिर्ष स्थानमा रह्यो । उसको ४ लाख ५६ हजार ६३४ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै नेशनल हाईड्रो पावर, नेपाल बैंक लिमिटेड, तथा अरुण काबेली पावर लिमिटेड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन ।

आजको बजारमा खानिखोला जलबिद्युत, रिलायन्स फाईनान्स, सप्तकोशि बिकास बैंक, घलेम्दी हाईड्रो लगायत १२ कम्पनीको सूचकमा सकारात्मक सर्किट लागेको छ ।

Market Summary
Total Turnover Rs: 2,739,328,020
Total Traded Shares 9,217,548
Total Transactions 64,472
Total Scrips Traded 188

Market Information
Index Current Points Change %Change
NEPSE 1,575.18 3 0.19
Sensitive 313.62 1.12 0.36 
Float 109.29 0.47 0.43
Sen. Float 103.14 0.56 0.55 
Sub-Indices Current Points Change %Change
Banking 1,268.79 19.41 1.55  
Hotels 1,787.88 96.65 5.13  
Development Bank 1,863.84 25.88 1.41  
HydroPower 1,237.68 52.37 4.06  
Finance 755.51 28.66 3.94
Non Life Insurance 8,077.36 70.11 0.86 
Manu.& Pro. 3,064.01 2.17 0.07  
Others 1,010.33 10.36 1.01
Microfinance 2,591.65 13.81 0.53 
Life Insurance 9,823.69 56.26 0.57  
Mutual Fund 10.87 0.1 0.95  

वि.सं.२०७७ असोज ४ आइतवार १६:१७ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...