back
CTIZAN AD

रेल फेरि भारत तिरै फर्कियाे, चढ्न न्युनतम २ महिना कुर्नुपर्ने

वि.सं.२०७७ असोज ४ आइतवार

672 

shares

जनकपुरधाम । नेपाल सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग खरिद गरेको दुईवटा रेल शुक्रबार नेपालको जनकपुरधाम आए पनि रेल चढ्न अझै दुई महिना कुर्नुपर्ने भएको छ ।

रेल संचालनका लागि आवश्यक जनशक्तिको अभाव र कोरोना महामारीका कारण भारतीय सीमा सिल गरिएको कारण कोरोना भाइरसका कारण उत्पन्न अवस्था सामान्य नभएसम्म रेल चलाउन नसकिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले बताए ।

उनले भारतबाट खरिद गरिएको रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बझबुझारथ प्रक्रिया हुन कम्तिमा एक महिना लाग्ने भएकाले रेल संचालनका लागि अझैँ दुई महिना कुर्नु पर्ने बताए । उनले रेल संचालनको शुरुवातमा प्राविधिकहरु भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्नाका निमित्त भ्याकेन्सी निकालेर प्रक्रिया अगाडि बढी सकेको जानकारी दिए ।

करिब ८४ करोड ६५ लाखमा जी टुजी प्रक्रियामार्फत खरिद गरिएको दुईवटा रेलको २० प्रतिशत भूक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताए । जनकपुरधामको कुर्थादेखि भारतको सिमावर्ती शहर जयनगरसम्म सञ्चालनका लागि शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आएको रेलको परीक्षण पश्चात पुनः शनिबार साँझ भारतको जयनगरस्थित नेपाल रेल्वे स्टेसनमा पु¥याएर पार्किङ गरिएको छ ।

जनकपुरधाम आएको दुई वटा इन्जिनसहित १० वटा बोगीमा १३ सयजना सम्मयात्री सबार भई यात्रा गर्न मिल्ने क्षमता रहेको परीक्षण पश्चात नेपाल रेल्वे जनकपुरधाम साइट कार्यालयका इन्जिनियर विनोध ओझाले जानकारी दिए । उनले रेल जनकपुरधाम आएपछि अब केही दिनमै रेल चल्ने पक्का भएको बताए । रेलको संचालन गर्नु अघि भारतीय पक्षले तयार पारेको रेलको लिक हस्तान्तरण हुने र त्यसपछि रेल संचालनको लागि काम अगाडि बढ्ने उनले बताए ।

नेपालमा विक्रम संम्वत १९९४ देखि संचालनमा आएको रेल २०७१ सालमा जिर्ण भएर औपचारिकरुपमै बन्द भएपश्चात धनुषासहित प्रदेश नं.२ का आठवटै जिल्लाका बासिन्दा रेलसेवा नपाएर बढी प्रभावित बनेका छन् । खास गरी धनुषाको अति विकट पूर्वी क्षेत्रका बासिन्दाको एक मात्र यातायातको साधन रहेको रेल संचालनमा आएपछि धनुषाको सदर मुकाम जनकपुरधामसँगको सम्पर्क पुनः जोडिने शहीदनगर नगरपालिकाका नगरप्रमुख उदय बरबरियाले बताए ।

पहिलो चरणमा रेलको तेस्रो पुस्ताको रुपमा जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल संचालन हुने भएपछि जनकपुरधामको व्यापार व्यवसायमा पनि टेवा पुग्ने जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले बताएकाे कुरा गाेरखापत्रले छापेकाे छ ।

वि.सं.२०७७ असोज ४ आइतवार १८:०७ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...