४ असोज, काठमाण्डौं । नेपालमा आइतबार ( ४ असोज) सम्म पिसीआर प्रविधिबाट ९ लाख १४ हजार २९० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,५८४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७,४७८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,०७१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८,४०७ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १९० जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ९, प्रदेश २ मा १६, बागमती प्रदेशमा १२६, गण्डकी प्रदेशमा ५, प्रदेश नं ५ मा २३ र कर्णाली प्रदेशमा ११ जना गरी जम्मा १९० जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा ३३ र प्रदेश ५ मा २ जना गरी जम्मा ३६ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सिराहा, काठमाडौं भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही गरी ९ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ७ पुगेका छन् । जसमा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।
त्यस्तै आज थपिएका १३२५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । साथै आज ९६६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।
आज १० जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ७६७ सहित १३२५ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ७६७ जनासहित देशैभरी १३२५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, भोजपुर र तेह्रथुममा १\१ जना, झापामा ३, पाँचथरमा २, मोरङमा ६३ र सुनसरीमा ७ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० र सिराहामा १८ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ६०२, काभ्रेपलान्चोकमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १०१,मकवानपुरमा २४, ललितपुरमा ६४, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीम ३०, गोरखामा २, तनहुँमा १,लमजुङमा १८ र बागलुङ र स्याङजामा १÷१ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, नवलपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा ११३ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १ र सुर्खेतमा २९ जना थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा १०, कैलालीमा १२ र बझाङमा १९ जना संक्रमित थपिएसँगै आज देशैभरी १३२५ जना संक्रमित थपिएका छन् । जसमा महिला ४६९ र पुरुष ८५६ जना रहेका छन् ।
आज थपिएका १३२५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
आज ९६६ जना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६ हजार नाघ्यो
नेपालमा आज ९६६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ९६६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ९६६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा४१०९, प्रदेश २ मा १२,२३३, बागमती प्रदेशमा १०,९४१, गण्डकी प्रदेशमा २७०९, प्रदेश नं ५ मा ७,२९५, कर्णाली प्रदेशमा २७०४ र सुदूरपश्चिम प्रदेशमा ६,२४२ जना गरी हालसम्म जम्मा ४६ हजार २३३ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९३८, प्रदेश २ मा ३७२, बागमती प्रदेशमा ५०४, गण्डकी प्रदेशमा ४३४, प्रदेश नं ५ मा १५६८, कर्णाली प्रदेशमा ७३८ र सुदूरपश्चिम प्रदेशमा २८९७ जना गरी हालसम्म जम्मा ७,४५१ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ३०३, प्रदेश २ मा ८७३, बागमती प्रदेशमा ५३३९, गण्डकी प्रदेशमा ६८९, प्रदेश नं ५ मा १२७७, कर्णाली प्रदेशमा २५५ र सुदूरपश्चिम प्रदेशमा ३३५ जना गरी हालसम्म जम्मा ९,०७१ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १२८९, प्रदेश २ मा ९९८,बागमती प्रदेशमा ४६०१, गण्डकी प्रदेशमा ३१६, प्रदेश नं ५ मा ७५६, कर्णाली प्रदेशमा २०४ र सुदूरपश्चिम प्रदेशमा २४३ जना गरी ८,४०७ जना रहेका छन् ।
आज उपत्यकाका ६ जनासहित १० जनाको कोरोना संक्रमणबाट मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट उपत्यकाका ६ जनासहित १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका १० जनाको मृत्यु भएको छ । जसमा ६ जना महिला र पुरुष ४ रहेका छन् ।
मन्त्रालयका अनुसार आज काठमाण्डौंका ४०, ६० र ६३, वर्षीया गरी ३ जना, ललितपुरकी ७५ वर्षीया, भक्तपुरकी ७२ वर्षीया र पाल्पाकी ४० वर्षीया गरी ६ जना महिलाको मृत्यु भएको हो ।
त्यसैगरी धनुषाका ७६ वर्षीय,काठमाडौंका ८२ वर्षीय, चितवनका ८० वर्षीय र रुपन्देहीका ६७ वर्षीय गरी ४ पुरुषको मृत्यु भएको हो ।
.आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ । कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६४ प्रतिशत हो ।
यस्तो छ हेर्नुहोस् नेपालमा असोज ३ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज ४ आइतवार १७:४९ मा प्रकाशित



























