३ असोज, काठमाण्डौं । नेपालमा शनिबार ( ३ असोज ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ४ हजार ७०६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,३३३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार १२९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,१५३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,७३५ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १७९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ७, प्रदेश २ मा ४, बागमती प्रदेशमा १२७, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा २४ र कर्णाली प्रदेशमा ११ जना गरी जम्मा १७९ जना आइसीयुमा उपचाररत छन् । साथै प्रदेश १ मा १ जना, बागमती प्रदेशमा ३३ र प्रदेश ५ मा १ जना गरी जम्मा ३५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सिराहा, काठमाडौं भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ८ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ७ पुगेका छन् । जसमा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।
त्यसैगरी आज थपिएका १२०४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । साथै आज १४४७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । आज ११ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ७११ सहित १२०४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ७११ जनासहित देशैभरी १२०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५७० ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को ओखलढुंगा ३, खोटाङ १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३, जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २, पर्सामा ६, बारामा १११, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १९ र सर्लाहीमा ५१ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ५७०,काभ्रेपलान्चोकमा १४, चितवनमा ७, दोलखामा ५, धादिङमा १३, नुवाकोटमा ४, भक्तपुरमा ८३, कमकवानपुरमा १८, रामेछापमा ९, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ७ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १३, गोरखामा ४, तनहुँमा ५, नवलपरासीपूर्वमा ४५, पर्वतमा २, लमजुङमा ५ र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा २८, नवलपरासीमा १, पाल्पामा २, प्युठानमा १, बर्दियामा ४, बाँकेमा २० र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको दैलेखमा २ र सुर्खेतमा ८ जना थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा ३, दार्चुलामा २१ र बैतडीमा ३ जना संक्रमित थपिएसँगै आज देशैभरी १२०४ जना संक्रमित थपिएका छन् । जसमा महिला ४०८ र पुरुष ७९६ जना रहेका छन् । आज थपिएका १२०४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
आज १४४७ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा आज १४४७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १४४७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १४४७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३,९६१, प्रदेश २ मा १२ हजार ७४, बागमती प्रदेशमा १० हजार ५३६, गण्डकी प्रदेशमा २,६३७, प्रदेश नं ५ मा ७,२०७, कर्णाली प्रदेशमा २६५७ र सुदूरपश्चिम प्रदेशमा ६१९५ जना गरी हालसम्म जम्मा ४५ हजार २६७ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९३८, प्रदेश २ मा ३७३, बागमती प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ५६१, प्रदेश नं ५ मा १७०७, कर्णाली प्रदेशमा ७४१ र सुदूरपश्चिम प्रदेशमा २९२२ जना गरी हालसम्म जम्मा ७,७३५ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ३७३, प्रदेश २ मा ८७८, बागमती प्रदेशमा ५२२३, गण्डकी प्रदेशमा ८३७, प्रदेश नं ५ मा १२१७, कर्णाली प्रदेशमा २९० र सुदूरपश्चिम प्रदेशमा ३३५जना गरी हालसम्म जम्मा ९,१५३ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १२८९, प्रदेश २ मा १०७७, बागमती प्रदेशमा ४२९१, गण्डकी प्रदेशमा १८७, प्रदेश नं ५ मा ६९७, कर्णाली प्रदेशमा १८३ र सुदूरपश्चिम प्रदेशमा २४९ जना गरी ७,९७६जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज ७ महिलासहित ११ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट ७ महिलासहित ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा ७ महिला र ४ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज मोरङकी ६५ वर्षीया, रौतहटकी ५१ वर्षीया, सर्लाहीकी ५६ वर्षीया, ललितपुरकी ७६ र ६८ वर्षीया, काठमाडौंकी ७७ वर्षीया र मकवानपुरकी ३७ वर्षीय महिला गरी ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
.त्यस्तै ललितपुरका ६० वर्षीय, काठमाडौंका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय गरी ४ पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा असोज २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज ३ शनिवार १८:०६ मा प्रकाशित



























