back
CTIZAN AD

अल्जाइमर हुनबाट बच्न खानामा यी खानेकुरा पनि सामेल गर्नुहोस्

वि.सं.२०७७ असोज ५ सोमवार

939 

shares

जिन्दगीमा भागदौड यतिधेरै भएको छ कि, हाम्रो दिमागले एकैपटकमा धेरै गर्नुपरिरहेको छ । दिमागमा कामको धेरै लोड हुँदा कहिलेकाँही गर्नैपर्ने जरुरी काम गर्न पनि विर्सिरहेका हुन्छौं ।

यस्तो हुनुमा कामको चाप मात्र नभएर खानपानले पनि हाम्रो शरीरमा असर पारिरहेको हुन्छ । यसले शरीरमा मात्र नभएर स्मरणशक्तिमा पनि असर पारिरहेको हुन्छ भने उमेर बढ्दै जाँदा अल्जाइमरको समस्या पनि हुने सम्भावना बढ्दै जान्छ ।

यदि स्वस्थ्य खानपिनमा ध्यान दियौं र दैनिक खानपिनमा यी कुरा पनि सामेल गर्यौ भने अल्जाइमर हुनबाट बच्न सकिने स्वास्थ्यविज्ञ बताउँछन् ।

यदि तपाई धेरैपटक केही चिज राखेर विर्सनुहुन्छु  वा कुनैपनि जरुरी भनेको काम गर्न विर्सनु भयो भने तपाईले बुझ्नुपर्ने हुन्छ तपाईको स्मरण शक्ति कमजोर हुँदै गइरहेको छ । हाम्रो दिमागलाई पोषण तत्व नपुग्नाले विर्सने समस्या हुन्छ । पछिल्ला समय हामीले खाने खानामा प्रसस्त मात्रामा पोषकतत्व नहुँदा पनि यस्ता समस्या आउने गरेका हुन्छन् ।

आउनुहोस् जानौं स्मरणशक्ति बलियो बनाउन स्वास्थ्य खानपानका साथै अन्य के खाने त ?

ओखर-ओखरले पनि स्मरणशक्ति बढाउ महत्वपूर्ण भूमिका खेल्ने बताइन्छ । २० ग्राम ओखर, १० ग्राम किशमिश खानाले स्मरण शक्ति बलियो बनाउँछ ।

स्याउ- भनिन्छ दैनिक एउटा स्याउ खानाले शरीर स्वस्थ्य हुने र धेरैप्रकारका रोगबाट बचाउन सहयोग गर्दछ । स्याउले स्मरण शक्ति दुरुस्त राख्न सहयोग गर्दछ । स्याउमा पाइने पेक्टिन नामक विशेष फाइवर हुनाले यसले इम्यून पावर बढाउने र स्मरणाशक्ति चुस्त दुरुस्त राख्ने स्वास्थ्य विज्ञ बताउँछन् ।

आलमन्ड बदाम-बदामले पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछ । दिनहुँ राति ९–१० वटा बदाम भिजाएर बिहान त्यसको बोक्रा निकालेर पेस्ट बनाउने र तातो दूधमा राखेर एक चम्चा मह मिसाएर खाँदा पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछ ।

कफी पिउनुहोस्–कफीमा भएको क्याफिनले दिमाग सक्रिय बनाउन सहयोग गर्दछ ।

आलस-आलसको तेलमा ओमेगा फ्याटी एसिड हुन्छ जुज दिमागको स्मरणशक्ति बढाउनुका साथै बिर्सने बानी कम गराउन सहयोग गर्दछ ।

वि.सं.२०७७ असोज ५ सोमवार १३:२९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...