असोज ५, काठमाडौँ । राजिस्थान रोल्यसलाई आफ्नो पहिलो खेल अगाडि ठुलो झट्का लागेको छ । राजिस्थान रोयल्सका कप्तान स्टिवन स्मीथ, विकेटकिपर जस बटलर र अलराउण्डर बेन स्टोक्स पहिलो खेलबाट बाहिरीएका छन ।
राजिस्थान रोयल्सले मंगलबार चेन्नाई सुपर किंग्स विरुद्ध पहिलो खेल खेल्दैँ छ ।
आईतबार जस बटलरले राजिस्थान रोयल्सको आधिकारीक इन्स्टाग्राम मार्फत लाइभ आउदैँ आफु पहिलो खेलको लागि उपलब्ध नरहने बताएका हुन । आईपिएलका लागि उनी आफ्नो परिवारसँग युएई पगेका थिए । खेल हुने दिनसम्म उनी क्वारेन्टाइनमैँ रहने भएकाले उनले राजिस्थान रोयल्सको पहिलो खेल गुमाउने भएका हुन ।
त्यसैगरि अलराउण्डर बेन स्टोक्स पनि पहिलो खेलका लागि उपलब्ध रहने छैन्न् । बुबालाई बे्रन क्यान्सर भएको थाहा भएपछि उनी इंल्याण्ड र पाकिस्तान बिचको श्रृखला बिचमा नै छाडेर न्युजिल्याण्ड गएका थिए । अहिले पनि उनी न्यूजिल्याण्डमै रहेका छन ।
राजिस्थान रोयल्सका कप्तान स्टिवन स्मीथ पनि पहिलो खेलका लागि उपलब्ध नरहने सम्भावना उच्च रहेको छ । इंल्याण्ड विरुद्धको एकदिवसीय श्रृखला अगाडि ट्रेनिङ्गका क्रममा उनलाई टाउकोमा चोट लागेको थियो । चोटको करणले गर्दा उनले इंल्याण्ड विरुद्धको श्रृखला पनि गुमाएका थिए । त्यही चोटको कारणले गर्दा उनले मंगलबार हुने चेन्नाई विरुद्धको पहिलो खेल गुमाउने सम्भावना निकै उच्च रहेको छ ।
वि.सं.२०७७ असोज ५ सोमवार १३:३४ मा प्रकाशित
























