५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिना अक्सिजन १० पटकसम्म सगरमाथा चढेर विश्व कीर्तिमान कायम गर्न सफल भएका आङरिता शेर्पाको निधनले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज विहान आफ्नै निवास काठमाडौंको जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका शेर्पाप्रति श्रद्धान्जलि व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै उनको कीर्तिमानी सदास्मरणीय रहने समेत बताएका छन् ।
‘बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ ।’ प्रधानमन्त्रीले भनेका छन् ।
बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।
— K P Sharma Oli (@kpsharmaoli) September 21, 2020
विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका आङ्रिता शेर्पाको निधन
वि.सं.२०७७ असोज ५ सोमवार १३:४४ मा प्रकाशित



























