back
CTIZAN AD

प्रतिपक्षीलाई नजिस्क्याउन काँग्रेसको कडा चेतावनी

वि.सं.२०७७ असोज ५ सोमवार

744 

shares

५ असोज,काठमाडौँ । नेपाली काँग्रेसले प्रतिपक्षीलाई जिस्काउने कार्य नगर्न गृहप्रशासनलाई कडा चेतावनी दिएको छ ।

नेपाली काँग्रेसले गुल्मीमा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर पार्टी जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने क्रममा जिल्ला सभापति माथि दुव्र्यवहारप्रति प्रहरीले गरेको अवरोध प्रति गम्भीर आपत्ति जनाउँदै प्रतिपक्षीलाई जिस्काउने कार्य नगर्न गृहप्रशासनलाई कडा चेतावनी दिएको हो ।

गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही माग गर्दै ‘यस्ता प्रकारका घटना दोहो¥याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।

काँग्रेस प्रवक्ता एवम् सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण माग समेत गरिएको छ ।

गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउन राखेको कार्यक्रममा प्रहरीको दुव्र्यवहार प्रति गम्भिर सवाल गरिएको छ ।

‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’ विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति :

असोज ५, २०७७

गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?
जिल्ला सभापति माथि दुव्र्यवहारप्रति गम्भीर आपत्ति

आज असोज ५ गते गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो । कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको ¥याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नु पूर्व रोकियो । रोकिए पश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो । पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुव्र्यवहार गरियो ।

घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी. लगायतका साथीहरु घाइते हुनु भयो ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण माग गर्दछ ।

गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ । साथै, यस्ता प्रकारका घटना दोहो¥याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग

वि.सं.२०७७ असोज ५ सोमवार २०:५४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...