back
CTIZAN AD

बृद्ध नेताहरूलाई तिर्थ गर्न पठाउनुपर्छ, राजकाजको कॉध युवाहरूले थाम्नुपर्छ

वि.सं.२०७७ असोज ५ सोमवार

894 

shares

युवाहरूको शिक्षा संस्कार र स्कूलिङ पशुभन्दा गएगुज्रैको बनाएर आर्यघाट नपुग्दा सम्म मेरै शासन एकछत्र चलोस् भन्ने कुत्सित लक्षमा बूढा नेताहरू लागिरहेर मुलुक डुबे पनि ती सफल बनेका छन्। यस्तो परिस्थिति जारी रहिरहनु युवाहरूको बेइज्जति र अकर्मण्यता हो, जन्म हुन बॉकी पुस्ताहरूको भ्रूणहत्या हो।

नेपालमा ६० वर्ष उमेर कटेकाहरुको जनसंख्या ८.५%  मात्र छ । यिनै बृद्ध बाहरूले ९१.५% नेपाली जनतामाथि माथि एकछत्र शोषण, दोहन र शासन गरिरहेका छन्। युवा र बालबालिकीको भविष्य अन्धकारतिर हुत्याउदैछन्। यी बृद्धहरूको डफ्फालाई अबिलम्ब बृद्धाश्रममा पठाएर यस्ता आधुनिक बिज्ञान प्रविधि र समयप्रतिकूलका बिकासअमैत्री नेतृत्वको परिस्थित उल्टाउन ढिला भइसकेको छ। अब युवाहरूले ससम्मान बृद्धनेतीहरूको बहिर्गमन गराउन, गर्न धाईआमाको भूमिका निभाउनु समयको माग र खॉचो हो।

नेपालमी युवावर्ग जनसंख्या अत्यधिक छ। १५ वर्षदेखि ४० वर्षसम्मका ४४% छन्। १ वर्षदेखि १५ वर्षसम्मका ३०% छन्।
यसरी ०- ४० वर्ष उमेरका ७४%  त युवाहरूनै छन्। तर ती युवाहरूको शिक्षा संस्कार र स्कूलिङ पशुभन्दा गएगुज्रैको बनाएर आर्यघाट नपुग्दा सम्म मेरै शासन एकछत्र चलोस् भन्ने कुत्सित लक्षमा बूढा नेताहरू लागिरहेर मुलुक डुबे पनि ती सफल बनेका छन्। यस्तो परिस्थिति जारी रहिरहनु युवाहरूको बेइज्जति र अकर्मण्यता हो, जन्म हुन बॉकी पुस्ताहरूको भ्रूणहत्या हो।

हिन्दू समयनातन संस्कृतिमा बृद्धहरूप्रति मानसम्मानको कहिल्यै कुनै कमी गरिदैन, हुनुहुदैन। बुढाबुढीलाई राति राम्ररी निद्रा लागोस् भनेर दिनदिनै सुत्ने बेलामा तिनका गोडा मालिस गर्ने, बिहान उठेर ढोग्ने गरिरहनुपर्छ। तर सन्तान २४ वर्ष कटिसकेपछि गृहस्थी, राजकाज, घरबार आफैले चलाउनुपर्छ। बृद्ध नेताहरूको कॉधमा मुलुकको भारी बोकाउनु पाप हो, त्यसरी बोकाउनु हुदैन, त्यसो गरे यो जुनिमा तरिन्न। ती नेताहरूलाई तिर्थ गराउन लैजाने जिम्मेवारी पनि तिनकै सन्तानको हो, तिनले नगरे व गर्न नसके समाजका अरू बयष्कहरूले दानपुण्य गरेर भए पनि बृद्धहरूलाई तिर्थ गर्ने सुब्यवस्था मिलाइदिनु पर्छ। राम्रो सुबिधासम्पन्न आश्रममा पठाएर बृद्ध नेताहरूको बॉकी जिवन निश्चिन्त, षडयन्त्रमा नफँसी, परमात्मामा समर्पण गर्दै आनन्द र खुसीसाथ जिउने भौतिक, मानसिक एवं आध्यात्मिक पूर्वाधार र ब्यवस्था मिलाईदिने कर्तब्य तिनका बयष्क सन्तानहरूको हो, समाजको हो।

युवाहरू तपाईमा रोगी अशक्त थिलथिलो शरीरका बुढाबुढी प्रति कुनै दयामाया, मानसम्मान छैन र ? तिनका बुढा कॉधमा भारी बोकाएर आफू सुकुल गुण्डे जिवनमा नै यसरी परजीबी बन्दै रमाइरहने कि परस्थितिलाई आफ्नो हातमा लिएर आफ्नो सन्तानका लागि सोच्नेरु कि हजुरबाआमाले तपाईका मोजमस्तिबाट जन्मेका छोराछोरी पालिदेओस् भनेर बसिरहने ?
कति निदाउन सकेको ? जाग्नुस् यार जाग्नुस् !

वि.सं.२०७७ असोज ५ सोमवार २१:०८ मा प्रकाशित

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...