back
CTIZAN AD

काँग्रेसको कार्यसमिति बैठक असोज १८ मा, बैठक अगाडि पिसिआर टेस्ट गर्न अनुरोध

वि.सं.२०७७ असोज ५ सोमवार

744 

shares

५ असोज, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यहि असोज १९ गते सोमबार बस्ने भएको छ ।

१४ औं महाधिवेशनको तयारी सन्दर्भमा डाकिएको उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भनिएको छ ।

उक्त बैठकमा उपस्थित हुनु अघि कोरोना परीक्षणका लागि पिसिआर परीक्षण गरिने भएकाले असोज १५ का दिन ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भैदिनका लागि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई अनुरोध गरिएको छ ।

काग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ :

असोज ५, २०७७
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको
छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
पुनश्च ः
कोभिड–१९ को महामारीका कारण बैठक अगाडि PCR TEST को व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते विहान ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई PCR TEST गराउनु हुन यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

 

 

वि.सं.२०७७ असोज ५ सोमवार २१:२६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...