back
CTIZAN AD

नेपाली व्यापारिक चिह्नसहित अर्थोडक्स चियो विश्व बजारमा, १२ चिया उद्योगले पाए ट्रेडमार्क प्राप्त

वि.सं.२०७७ असोज ७ बुधवार

732 

shares

७ असोज, इलाम । लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापारचिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आ–आफ्नै उद्योगको व्यापारचिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी गरेको ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालयज’ नामक व्यापारिकचिह्न लागेको तयारी चिया विश्व बजारमा जाने भएको छ ।

‘चियाको राजधानी’ इलामको फिक्कलमा मंगलबार सार्वजनिक गरिएपछि अब १२ उद्योगका चिया ट्रेडमार्कसहित जाने भएका हुन् । “अत्यन्तै धेरै सास्ती खेपेर ला्गो कार्यान्वयनमा आयो । अब हामीले नेपालको चिया भनेर बाहिर दिन सक्छौँ”, चिया उद्योगी उदय चापागाईंले भने,“हाम्रो उद्योगको त आफ्नै ब्राण्ड छ तर नेपालको चिया भनेर बेच्न पाइने भइयो ।”

नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका चिया उद्योग र सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ ।

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशककै संयोजकत्वमा मार्क अनुगमन, व्यवस्थापन तथा नियमन समिति गठन भएको छ । चिया उद्योगीको संस्था हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एशोसिएशन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको ट्रेडमार्क तयार गरेर बोर्डमा पेश गरेको थियो ।

समितिले तयार पारेको शत प्रतिशत मापदण्ड पूरा भएमा मात्र उद्योगले ट्रेडमार्क पाउँछन् । “नेपाली चियामाथि अनुसन्धानै भएन । यदि भएको भए यति ढिलो राज्यको आँखा जाने थिएन”, अर्का चिया उद्योगी कमल मैनालीले भने,“अब चिया गुणस्तरीय छ तर लोगो नहुँदा विश्व बजार चिनाउन सकिएको थिएन । अब केही सहज भयो ।” पहिलो चरणमा बोर्डले १२ उद्योगलाई लोगो वितरण गरे पनि अन्य मापदण्डयुक्त उद्योगलाई दिँदै जाने बताएको छ ।

चियाको ट्रेडमार्क पाउन उद्योगीले सर्वप्रथम बोर्डमा निवेदन गर्नुपर्छ भने बोर्डले आवश्यकतानुसार स्थलगत अवलोकनपछि ट्रेडमार्क दिन्छ । “नेपाली बजारको माग पूरा भएर अन्तरराष्ट्रिय बजारमा पुग्ने एउटै मात्र कृषिजन्य वस्तु चिया हो”, बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले भने,“अर्थोडक्स चियाको लोगो पाएपछि नेपाली चियाको न्वारान भएको छ । अब अन्तरराष्ट्रिय बजारमा चिया जाँदा नेपालकै लोगो टाँसिएर जान्छ ।”

चियाको प्रवद्र्धन मात्र नभई गुणस्तरको मापन गर्नसमेत ट्रेडमार्क मुख्य रहेको कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालको भनाइ छ । विश्व बजारसँग प्रतिस्पर्धा गर्ने गुणस्तर कायम गर्न ट्रेडमार्क आवश्यक भएकाले सरकारले प्राथमिकता दिएको उनको भनाइ छ । पहिलो चरणमा बोर्डले इलामका सन्दफू टी प्रोसेसर प्रालि, हिमालयन साङ्ग्रिला टी प्रोडुसर प्रालि, जस्बीरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रीन टी एण्ड स्पेस्यालिटी, ओइसिस टी एण्ड इन्ड्रष्ट्री तारागाउँ टी स्टेल प्रालि, खाजेखुङ हिलरेञ्च चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादक चिया सहकारी संस्था गरेर नौ उद्योगलाई ट्रेडमार्क प्रदान गरिएको हो । त्यस्तै सङ्खुवासभाको सगरमाथा टी स्टेट प्रालि र तेह्रथुमको बोक्रेडाँडा अग्र्यानिक अर्थोडक्स चिया प्रशोधन उद्योग र सिंहदेवी चिया उत्पादक सहकारी संस्थालाई ट्रेडमार्क प्रदान गरिएको हो ।

निवेदन दिनेमध्ये निर्देशिकाले तय गरेका मापदण्ड पालना गरी चिया उत्पादन गर्ने १२ चिया उद्योगले पहिलो चरणमा ट्रेडमार्क प्राप्त गरेका हुन् । बोर्डमा लोगोका लागि ४१ उद्योग/सहकारीले निवेदन दिए पनि मापदण्ड पूरा नगर्दा एक दर्जनले मात्र ट्रेडमार्क पाएका हुन् । (रासस)

वि.सं.२०७७ असोज ७ बुधवार ०७:०६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...