back
CTIZAN AD

यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई, यी हुन् काउन्सिलबाट पुरस्कृत हुने व्यक्तित्वहरु

वि.सं.२०७७ असोज ७ बुधवार

849 

shares

७ असोज, काठमाडौँ । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । १ लाख ५१ हजार रुपैयाँ राशीकोउक्त पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो । श्रेष्ठ दृष्टि साप्ताहिकका सम्पादक हुन् ।

प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गरिएको छ ।

यसैगरी १ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई र ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई दिइएको छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट गोविन्दचन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित(काठमाडौँ) ले पाएका छन् । क्रियाशील पत्रकारिता पुरस्कार जनही २० हजार राशीको छ ।

१५ हजार राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट यसवर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक। (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) पुरस्कृत भएका छन् ।

त्यस्तै प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईले पाएका छन् ।

वि.सं.२०७७ असोज ७ बुधवार ०८:१० मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...