back
CTIZAN AD

मध्यनेपाल नगरपालिकाले तयार गर्यो पाठ्यक्रम

वि.सं.२०७७ असोज ७ बुधवार

738 

shares

गण्डकी – गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै पाठ्यक्रम तयार गरेको छ । जिल्लाको मध्यनेपाल नगरपालिकाले आफ्ना नगरभित्रका सबै विद्यालयमा कक्षा एकको लागि स्थानीय पाठ्यक्रम लागू गर्न पाठ्यक्रम पुस्तक तयार गरेको हो । स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका विषयलाई जोड दिईएको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । उनले भने, “पाठ्यक्रममा पालिका भित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजङ्गल, जडिबुटी, कृषि, अन्य विविधता समेटिएको छ ।”

नगरपालिका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार हाल कक्षा एकको पाठ्यक्रम निर्माण सम्पन्न भईसकेको र यही शैक्षिक सत्रदेखि पालिका भित्रका ५० विद्यालयमा अध्यापन शुरु गरिने छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिका प्रमूख प्रशासकीय अधिकृतसहित शिक्षा शाखाका प्रमुख र दुई स्थानीय शिक्षकसहित पाँच सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो । पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति सङ्गठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ । तयारी सम्पन्न कक्षा एक को पाठ्यक्रम निर्माण भईसकेको र उक्त पुस्तकमा विभिन्न शीर्षकका सातवटा विषयलाई समावेश गरिएको छ ।

यस वर्ष कक्षा २ र ६ को पाठ्यक्रम पुस्तक निर्माण गरी आगामी शैक्षिक सत्रदेखि शुरु गरिने नगरपालिकाले जनाएको छ । सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनका विषयलाई मुख्य प्राथमिकता दिएको छ । स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिका चिनारीका विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा सहयोग पुग्ने विश्वास गरिएको नगर प्रमुख पाण्डको भनाइ छ ।- रासस

वि.सं.२०७७ असोज ७ बुधवार १३:१६ मा प्रकाशित

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो

कास्की । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको...