स्याङ्जा – राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले फेदीखोला गाउँपालीका स्तरिय कमिटि गठन गरेको छ । पुर्णचन्द्र शर्मा संयोजक र डेल नारायण शर्मा सहसंयोजक रहने गरि ४१ सदस्यि कमिटि चयन भएको राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले जनाएको छ ।
गाउँपालीकाको ५ वटै वडामा संघको संयोजक र सहसंयोजक समेत चयन गरिएको छ । जसमा वडा नं. १ को संयोजकमा सुमन गुरुङ र सहसंयोजकमा सन्तोष पौडेल, वडा नं. २ को संयोजकमा हुमबहादुर खत्री र सहसंयोजकमा जगन गिरी र वडा नं. ३ को संयोजकमा अभिषेक अधिकारी र सहसंयोजकमा प्रकाश सुवेदी चयन भएका छन् ।
यसैगरि वडा नं. ४ को संयोजकमा ईन्द्रप्रसाद सुवेदी र सहसंयोजकमा बसन्त पौडेल र वडा नं. ५ को संयोजकमा नन्दबहादुर गुरुङ र सहसंयोजकमा विजय क्षेत्री चयन भएका छन् ।

वि.सं.२०७७ असोज ७ बुधवार १४:५४ मा प्रकाशित





























