मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । सोचेको समयमा काम नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ । प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
केही विवादास्पद काम गर्नु परे पनि आर्थिक लाभ हुनेछ । भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ । अवसरले काममा उत्साह जगाउनेछ । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । रमाइलो यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ। कामले लोकप्रियता दिलाउनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ । लामो यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । आवेशमा काम गर्दा विवादमा परिनेछ । आफन्तमा केही असमझदारी देखापर्न सक्छ । आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत केही सहज बन्नेछन् ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।
वृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा काम रोकिनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ । आफन्तबाट पनि टाढिनुपर्ला ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
आवश्यकता पूरा हुनेछ र मिहिनेतको फल प्राप्त हुनेछ। काम रोकिए पनि रकम प्राप्त हुनेछ । उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आकस्मिक समस्याले सञ्चित रकम खर्चनुपर्ला । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पुराना कामको चर्चा हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । काम अड्किए पनि लाभांश प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र समर्थन प्राप्त हुनेछ । समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ ।
वि.सं. २०७७ असोज ८ बिहीवार (इ.स. २०२० सेप्टेम्बर २४ )
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई हुनेछ त शुभ ?
वि.सं.२०७७ असोज ८ बिहीवार ०७:५८ मा प्रकाशित





























