back
CTIZAN AD

फेसवुकले सर्वोच्च अदालत सञ्चालन गर्ने

वि.सं.२०७७ असोज ९ शुक्रवार

912 

shares

काठामाडौं – चर्चित सोसल मिडिया फेसबुकले सर्वोच्च अदालत गठन गर्ने भएको छ । फेसबुकको निगरानी गर्ने निकायको रुपमा ओभरसाइट बोर्डले आगामी अक्टोबरदेखि कामको शुरुवात गर्ने भएको छ । जसमा फेसबुकका प्रयोगकर्ताहरुद्वारा फेसबुकद्वारा गरिएका निर्णयहरुमा चित्त नबुझेमा निवेदन गर्न सक्ने जनाइएको छ ।

ग्राहकका पोष्टहरु फेसबुकले हटाएको सन्दर्भमा चित्त नबुझ्नेहरुले बोर्डमा निवेदन दिन सक्ने र बोर्डले अन्तिम फैसला लिनसक्ने व्यव्स्था गरिएको छ ।
प्राप्त जानकारी अनुसार उक्त बोर्डले फेसबुकका सामाग्रीहरुलाई सम्पादन गर्ने र फेसबुकको कार्यकारी बोर्डले गरेको निर्णयलाई समेत आवश्यकता अनुसार परिमार्जन गर्न सक्ने अधिकार राख्दछ । गत वर्ष नै फेसबुकले निरिक्षण बोर्ड गठन गर्ने घोषणा गरेको थियो ।

ओभरसाइट बोर्डमा विभिन्न देशका विविध क्षेत्रका विज्ञहरुलाई समावेश गरिएको छ । जसमा डेनमार्क, कोलम्बिया, दक्षिण अफ्रिका, अमेरिका, ईन्डोनेसिया, ताइवान, पाकिस्तान, भारत, फ्रान्स, बेलायत, ईजरायल र अस्ट्रेलियाका प्रतिनिधिहरुलाई समेटिएको छ । – ऐजेन्सी

वि.सं.२०७७ असोज ९ शुक्रवार १६:३५ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...