back
CTIZAN AD

‘माक्र्सवाद र नेपालको संबिधान’ बिषयक गोष्ठी सम्पन्न

वि.सं.२०७७ असोज ११ आइतवार

963 

shares

११ असोज, काठमाडौं । माक्र्सवादी एकता अभियानको आयोजनामा ‘माक्र्सवाद र नेपालको संबिधान’ बिषयक गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा वरिष्ठ कानुन ब्यबसायी डा. युबराज संग्रौला, एकराज भण्डारी लगायत विभिन्न राजनैतिक पार्टीका नेताहरुको सहभागिता थियो ।

क्रान्तिकारी माओवादीको तर्फबाट सिपि गजुरेल, मालेका सि पी मैनाली, नेकपा ( रिषी कट्टेल) लोक नारायण सुवेदी, किषान संगठन (मसाल) का भैरब रेग्मी बोल्सेबिक पार्टीबाट रबिन्द्र श्रेष्ठ, मसालका रामप्रकाश पुरी, सर्बहारा कम्युनिस्ट पार्टीका भावना बिद्रोही र दलिल मुक्ति मोर्चाबाट डम्बर बिकको बक्ताको रुपमा सहभागिता थियो ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताले नेपालको संविधान समाजवाद उन्मुख भनेपनि यसको शासकिय स्वरुप संसदीय ब्यबस्था भएको र मौलिक हकका बिषयहरुमा पटक–पटक सरकारले नै उलंघन गरेको कुरामा जोड दिए । यो संबिधानबाट समाजबादको उद्देश्य पूरा नहुने हुँदा यस्लाई खारेज गरि नयाँ संबिधान र नयाँ समाजबादी ब्यबस्थाको निम्ति आन्दोलन र सच्चा कम्युनिष्टहरुको एकतामा जोड दिइएको थियो ।
राजनैतिक पार्टीको प्रतिबन्ध नाजायज भएकोले प्रतिबन्ध फुकुवा हुनुपर्ने र गैरन्यायीक थुनछेक हत्या बन्द गर्नुपर्नेतर्फ पनि बक्ताहरुले जोड दिएका थिए ।

माक्र्सवादी एकता अभियानको आयोजनामा भएको उक्त जुम कार्यशाला गोष्ठीको सभापतित्व अभियानका संयोजक डा. शम्भु कट्टेलले गरेका थिए भने सँस्थाको उद्देश्य बारे प्राध्यापक रमेश अधिकारीले प्रष्ट्याएका थिए । सहभागीहरुलाई धन्यवाद ज्ञापन अभियन्ता राजेन्द्र देशभक्तले गरेका थिए । गोष्टीको संचालन तथा उद्घोषण महादीप पोखरेलले गरेका थिए ।

 

 

वि.सं.२०७७ असोज ११ आइतवार ०९:१३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...