back
CTIZAN AD

मन्त्रिमण्डल पुनर्गठन किन रोकियो ?

वि.सं.२०७७ असोज १२ सोमवार

768 

shares

काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद बैठकलाई मन्त्रिपरिषद पुनर्गठनको तयारीको रुपमा हेरिएको थियो । बैठकले मन्त्रिपरिषद पुनर्गठन सन्दर्भमा केहि महत्वपूर्णं निर्णय गर्नसक्ने चर्चा नेकपाभित्र थियो । बैठकमा उपस्थित मन्त्रिहरु पनि त्यहि सोंचसहित बैठक स्थल पुगेका थिए ।

तर, बैठक सामान्य निर्णय गर्दै नियमित जसरी सम्पन्न भएको छ । बैठक सामान्य निर्णय गर्दै सम्पन्न हुनुलाई अनौठो रुपमा हेरिएको छ ।

स्थायी समितिको निर्णयअनुसार पुनर्गठनको तयारी

यसअघि भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद पुनर्गठन बारे प्रस्ताव पारित गरेको थियो । जुन प्रस्तावअनुसार नै नेकपाले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको हो ।

स्थायी समितिको निर्णयअनुसार नै गत आइतबार बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत निर्णय गरेको थियो । जसबारे गत मंगलबार बसेको सचिवालय बैठकले पुनर्गठनका मोडेलबारे खाका तयार गरेको थियो ।

सचिवालयको निर्णयअनुसार नै प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निरन्तर संवाद चलेको थियो । निरन्तर संवादपश्चात नै ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बेलाएको थिए ।

किन रोकियो पुनर्गठन ?

विश्वस्त स्रोतका अनुसार मन्त्रिपरिषद पुनर्गठनको मोडेल र पात्रहरुको विषयमा दुई अध्यक्षबीच सहमती भईसकेको छ । महत्वपूर्णं मन्त्रालयको सन्दर्भमा पनि छलफल सहमती उन्मुख छ ।

तर, मन्त्री बन्ने चर्चामा रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमको विषयमा परेको मुद्दा किनारा नलागेको कारण मन्त्रिपरिषद पुनर्गठन रोकिएको हो । विश्वस्त स्रोतका अुनसार बामदेव गौतमको विषयमा परेको मुद्दा सुनुवाई भएपश्चात मात्रै मन्त्रिपरिषद पुनर्गठन हुनेछ ।

बामदेव गौतमको मनोनयनविरुद्व अधिवक्ता दिनेश त्रिपाठीले गत सोमबार मनोनय बदरको माग गर्दै सर्वौच्चमा रिट दर्ता गराएका थिए । उक्त रिटसम्बन्धमा गत बुधबार सर्वौच्चले तत्काल सांसदको रुपमा कामकाज नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

आगामी १४ गते बामदेव गौतमविरुद्वको मुद्दाको संवैधानिक इजलाशमा सुनुवाई हुनेछ । स्रोतले जनाएअनुसार पार्टी अध्यक्ष प्रचण्डले बामदेव विना मन्त्रिपरिषद पुनर्गठन गर्दा नराम्रो सन्देश जाने भन्दै रोक्न आग्रह गरेका थिए ।

वि.सं.२०७७ असोज १२ सोमवार १२:२६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...