back
CTIZAN AD

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो

वि.सं.२०७७ असोज १२ सोमवार

882 

shares

१२ असोज । अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएको छ ।

राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिकामा आइतबार रातिदेखि टिकटक डाउनलोड गर्न पाइने थिएन । यसअघि अमेरिकी बाणिज्य मन्त्रालयले टिकटक प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनलाई सेप्टेम्बर २७ सम्म स्थगित गर्ने बताएको थियो ।

राष्ट्रपति ट्रम्पले टिकटक खरिद गर्न इच्छुक अमेरिकी कम्पनीहरु ओराकल र वाल्मार्टले टिकटकमाथि पूर्ण नियन्त्रण गर्न पाउनुपर्ने शर्त अघि सारेका थिए । यी दुई अमेरिकी कम्पनीले टिकटकको अमेरिका व्यवसाय खरिद गर्न टिकटकको आधिकारिक कम्पनी बाइटडान्ससँग सम्झौता गरेका छन् ।

गत अगष्ट ६ मा ट्रम्पले अमेरिकी सुरक्षा र अमेरिकी नागरिकको व्यक्तिगत गोपनीयतामा खतरा औंल्याउँदै चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा कारोबार गर्न प्रतिबन्ध लगाउने गरी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थियो ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले टिकटक र विच्याटजस्ता चिनियाँ कम्पनीहरुले गोप्य अमेरिकी तथ्याँक विवरणहरु चिनियाँ सुरक्षा निकायहरुलाई उपलब्ध गराएको आरोप लगाएका छन ।

वि.सं.२०७७ असोज १२ सोमवार ११:५९ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...