back
CTIZAN AD

मन्त्रिमण्डल पुनर्गठन : यी हुन् नफेरिने पक्का भएका ७ मन्त्री

वि.सं.२०७७ असोज १२ सोमवार

795 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मन्त्रिमण्डल पुनर्गठनको तयारीमा छ । नेकपा उच्च स्रोतले जनाएअनुसार नेकपा नेतृत्वबीच क–कसलाई मन्त्री बनाउने र क–कसलाई हटाउने भन्ने करिब टुंगो लागिसकेको छ । बताइएअनुसार यो साताभित्रै मन्त्रिमण्डल पुनर्गठन हुनेछ ।

यस्तोमा हालका कुन मन्त्री रहने अनि कुन मन्त्री फालिने भनि चर्चा व्याप्त छ । नेकपा नेतृत्वबीच केहि मन्त्रीलाई राखेर अन्य मन्त्रीहरु परिवर्तन गर्ने गरि सहमती भएको छ ।

स्रोतले दाबी गरेअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा दोहोरिने निश्चित छ । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्टराई र ऊर्जामन्त्री वर्षमान पुन पनि दोहोरिने निश्चित छ ।

प्रचण्डकी बुहारीसमेत रहेकी खानेपानीमन्त्री बिना मगरको नाम पनि दोहोरिने सुचीमा रहेको स्रोतले बताएको छ । अन्य मन्त्रीहरुलाई भने हटाएर नयाँ ल्याउने गृहकार्य अघि बढेको छ ।

नेकपाभित्र नयाँ मन्त्रीको रुपमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसालको नाम चर्चामा छ । साथै देवेन्द्र पौडेल, खगराज अधिकारी, हितबहादुर तामाङ, हरी अधिकारी, यज्ञराज सुनुवार, विशाल भट्टराइको नाम पनि नयाँ मन्त्रि बन्नेमा रहेको बताइन्छ ।

वि.सं.२०७७ असोज १२ सोमवार १३:२० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...