असोज १२, काठमाडौँ । अष्ट्रेलियन महिला क्रिकेट टिमकी विकेटकीपर एलिसा हेलीले भारतीय क्रिकेट टिमका पुर्व खेलाडी महेन्द्र सिंह धोनीलाई पछि पादैँ टि-२० अन्तराष्ट्रिय क्रिकेटमा विकेट-कीपरका रुपमा खेलाडीहरुलाई सबै भन्दा बढि आउट गर्ने किर्तिमान आफ्नो नाम गरेकी छिन ।
? Stat alert ?
Alyssa Healy has surpassed MS Dhoni’s record of most dismissals by a wicket-keeper in T20Is ?
Healy ▶️ 92
Dhoni ▶️ 91#AUSvNZ pic.twitter.com/7OrqmR0vAo— ICC (@ICC) September 27, 2020
विकेट-कीपरका रुपमा उनीले टि-२० अन्तराष्ट्रिय क्रिकेटमा ११४ खेलमा ९२ पटक अरुखेलाडीलाई आउट गरेकी छिन । यस अघि यो र्रेकड महेन्द्र सिंह धोनीको नाममा थियो । धानीले आफ्नो टि-२० अन्तराष्ट्रिय क्रिकेट करियरमा विकेट-कीपरका रुपमा ९१ पकट अरु खेलाडीलाई आउट गरेका थिए ।
अहिले मेहेन्द्र सिंह धोनी दोस्रो स्थानमा रहेका छन । त्यसैगरि तेस्रो स्थानमा इंल्याण्डकी पुर्व खेलाडी तथा विकेटकिपर सारा टलर रहेकी छिन ।
वि.सं.२०७७ असोज १२ सोमवार १३:४१ मा प्रकाशित
























